स्मिथ रजक,रौतहट,१८ गते कार्तिक
रौतहट क्षेत्र नं २ क का प्रदेशसभा सदस्यका नेकपा एमाले र जसपाका संयुक्त उम्मेदवार जैद राजा घरदैलो कार्यक्रम गरेका छन् ।
इशनाथ नगरपालिकाको मनसरीमा एमाले उम्मेदवार राजाले घरदैलो कार्यक्रम गरी आफनो पक्षमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् । जनताको अपार उत्साहजनक सहभागिताको बीच घरदैलो कार्यक्रम सम्पन्न भएको बताइएको छ । पछिलो समय प्रदेशसभाका उम्मेदवार राजाको पक्षमा जनता ओर्लिन थालेका छन् ।
घरदैलोमा मत माग्न जादा स्थानीय मतदाताहरुले एमाले उम्मेदवार राजालाइ जोरदार रुपमा स्वागत गरेका थिए । प्रदेश सभाका उम्मेदवार राजालाई यो निर्वाचनमा इशनाथ नगरपालिकाबाट व्यापक समर्थन रहने अनुमान गरिएको छ । इशनाथ नगरपालिका उम्मेदवार जैद राजाको मामा घर पनि रहेकोले सो स्थानका मतदाताहरु यो पाली नातीलाइ सहयोग गरि नातिको हातबाट परिवर्तनको थाल्नी गराउने मनसायमा देखिएका छन ।
क्षेत्र नम्बर २ का उम्मेदवार राजालाई त्यहाँका जनताले बहुमत सहित जिताउने मनिस्थती बनाइसकेका छन । आफू जनताको अत्याधिक साथ र सहयोग पाइरहेकाले आफुहरुको जित कसैले रोक्न नसक्ने राजाले बताए । जनता आफनो साथ रहेकाले प्रदेश सांसदमा आफु विजयी प्राप्त गर्ने एमाले उम्मेदवार राजाले ठोकुवा गरेका छन् ।
जनमत आफनोे पक्षमा रहेको हुँदा निर्धक भएर स्वतन्त्र उम्मेदवार साहको चुनाव चिन्ह सुर्य छापमा मतदान गरी विजयी बनाउन सबैलाई नेता कार्यकर्ताहरुले आग्रह गरेका छन् ।