स्वतन्त्र उम्मेदवार नेता किरण साहले आफ्नो चुनावी प्रचार प्रचार कार्यक्रमलाई निरन्तरता

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...

राैतहट २ (क) काे प्रदेश सांसदमा माे.जैद आलम विजयी

राैतहट,८ मंसिरराैतहट २ (क)बाट माे.जैद आलम विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार नागेन्द्र प्रसाद सिन्हा लाई पराजित गर्दै आलमले विजय निकालेका हुन्...

बुथ कब्जा गर्नेलाई सिधै गोली हान्ने आदेश

काठमाडौं । निर्वाचनको पूर्व सन्ध्यामा सुरक्षा निकायले नेपाल भारत सीमा क्षेत्रका केही जिल्लासहित १५ जिल्लाको निर्वाचनमा विशेष सर्तकता अपनाउन निर्दैशन दिएको छ...

स्मिथ कुमार रजक कार्तिक २५गते

रौतहट क्षेत्र नम्बर २ स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता किरण कुमार साहले आफ्नो चुनावी प्रचार प्रचार कार्यक्रमलाई निरन्तरता दिदै आज सोमबार जिल्लाको ईशनाथ नगरपालिकाको वार्ड नं.७ मा घरदैलो गरेका छन ।
कल छाप चुनाव चिन्ह लिएर प्रतिनिधिसभा सदस्य पदको स्वतन्त्र उम्मेदवार किरण कुमार साहले शुक्रबार नेता कार्यकर्ताहरुका साथ वडा नम्बर ७ अन्तर्गत पर्ने जोकहा घिउरा सानो घिउरा जयनगर मोतिपुर गाउँमा घरदैलो कार्यक्रम गरेका हुन् ।घरदैलोका क्रममा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार युवा नेता किरण कुमार साह मतदाताको घरमा पुग्दा बृद्धबृद्धा,युवा लगायत महिला मतदाताहरु उहाँ प्रति हर्षित हुँदै फुलमाला सहित टिका लगाई जित निश्चित हुने भनि अग्रिम बधाई तथा शुभकामना दिएका छन ।

स्वतन्त्र उम्मेद्वार किरण कुमार साह प्रति मतदाताको भरोसा बढ्नुका साथै किरण कुमार साहको लोकप्रियता बढ्दै जानुले उनको जित कसैले रोक्न नसक्ने त्यहाँका मतदाताहरु बताउँछन् ।
अहिले देशले नै परिवर्तन खोजिरहेका बेला यहाँ स्वतन्त्र उम्मेद्वार किरण कुमार साहको विकल्प नभएको बताउँदै मतदाताहरुले साहलाई विजयीको आशिर्वाद दिँदै फुल माला लगाइदिएका थिए ।

वहाँका लगनशिलता र मिहिनेतीको देखेर साथै यो नगर र ठाउँको कल्याण हुन्छ भनि भनेर बिभिन्न पार्टीबाट आबद्ध रहेका कार्यकर्ताहरु किरण कुमार साह संगै मतदाताको घरघरमा पुगेर आ–आफ्नो सघासम्बन्धिहरुसंग कल छापमा मत दिन आग्रह समेत गरेका थिए ।

मतदाताहरुले भने बिभिन्न पार्टीका ठगि नेताहरुलाई जिताएर देखे ,जितेपछि एक पल्ट फक्रिएर नआए तर अव देश बिकाशको लागी अवको पालो स्वतन्त्र उम्मेदवार युवा नेता किरण कुमार साहलाई अत्याधिक मत दिएर जिताउन मनस्थितीमा पुगेका छन ।मतदाताको घदैलोमा पुगेर मत माग्न थालेपछि आफ्नो पक्षमा चुनाव आउन थाले स्वतन्त्र उम्मेदवार युवा नेता साहले बताएका छन् ।

शुक्रबारका दिन गरेको भब्य स्वागत र उत्साहको कारणले गर्दा रौतहट क्षेत्र नं.२मा कल छापका स्वतन्त्र उम्मेदवार किरण कुमार साहको नेताकार्यकर्ता तथा समर्थकहरुको मनोबल झन् बढन थाले जोकहाका स्थानिय रामदेव यादबले बताए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...
error: Content is protected !!