रौतहट : रौतहट क्षेत्र नं-४ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार रवि जैसवाल यतिवेला भोट माग्न व्यस्त देखिन्छ । जिप छाप लिएर चुनाबमा उत्रेका जैसवाल युवाको ढुकढुकि बन्दै गएको छ । जैसवाल लाई भोट किन त ? उज्यालोमय घुलोमुक्त वाटो घाटो र नयाँ नयाँ कृषि सडक निर्माण गर्न रविलाई भोट ।
गुणस्तरीय र प्राविधिक शिक्षाका लागि अत्याधुनिक पूर्वाधार निर्माण गर्न । अनलाईनको माध्यमबाट अध्ययन गर्ने विद्यार्थीहरुको लागि फ्रि वाईफाईको व्यवस्था गर्ने ।
जाधारभूत स्वास्थ्य सेवाका लागि सुविधा सम्पन्न अस्पताल निर्माण । क्षेत्रवासीका लागि निःशुल्क एम्बुलेन्स सेवा ।
शुद्ध खानेपानीको लागि खानेपानी टंकी निर्माण ।
किसानहरुको लागि सहज र सरल रुपमा मलखादको व्यवस्था गर्ने । किसानको विउ बिजन, तरकारी, फलफुल लगायत कृषि उपज भण्डारण गर्नको लागि शीत भवन (कोल्ड स्टोर) निर्माण ।
कृषकहरुको हरेक खेतमा आधुनिक सिचाई सुविधाको व्यवस्था । किसानलाई पेन्सन र किसानको बालीनालीको बिमा सुविधाको व्यवस्था । समनपुरमा युद्ध संग्रहालय स्थापना । समनपुर स्थित गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन पहल गर्ने । – सामुदायिक भवन तथा सभा हल निर्माण । पर्यटन विकासका लागि वोट सहित पिकनिक पार्क निर्माण गर्ने । बाढी र डुवान क्षेत्रमा तटबन्ध निर्माण ।घरेलु तथा साना उद्योग स्थापना र सञ्चालनको लागि पहल गरि स्वरोजगारको अवसर सृजना गर्ने । वस्तुमा लाग्ने करको दरमा सुधार गर्न पहल गर्ने । उद्यमीलाई सम्मान गर्ने । विदेशमा काम गर्न जाने युवाको लागि सिपमुलक तालिमको व्यवस्था गर्ने । महिला, बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिकका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने । महिलाका लागि महिला सशक्तिकरण, सिपमुलक, आयमुलक सम्बन्धी कार्यक्रम आयोजना गर्ने । खेलकुदको लागि खेल मैदानको व्यवस्था गर्ने र खेलाडीलाई सम्मान गर्ने । स्थानीय चाडपर्वको प्रवर्द्धन गर्ने किसिमका कार्यक्रम आयोजन गर्ने । यि सबै परिवर्तन र विकासका लागि रवि जैसवालको जित आवश्यक देखिएको छ ।