रौतहटमा सुरक्षा व्यवस्था अत्यन्त कडा:एसपी वीर बहादुर बुढा मगर

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

स्मिथ कुमार रजक

रौतहट मंसिर २गते
रौतहटमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको भन्दा हरेक मतदान स्थलमा करिब पचास प्रतिशत सुरक्षाकर्मी वृद्धि गरेर सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको हो।

रौतहटमा गत स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा विवाद भएको थियो। रौतहटमा मतपेटिका नै लुटेर भागका थिए। रौतहट जिल्लामा कपितय ठाउँमा पुनः मतदान पनि भएको थियो।

मतदान केन्द्रमा कुनै विवाद नहोस् र सानोतिनो विवादमा मतदान स्थगित नहोेस् भन्ने पूर्व तयारीका साथ बुथस्थललाई अत्यन्त सुरक्षित पारिएका रौतहटका सुरक्षा अधिकारीहरुले जनाएका छन्। रौतहट प्रहरी प्रमुख एसपी वीर बहादुर बुढा मगरले गत स्थानीय तहको निर्वाचनको भन्दा करिब पचास प्रतिशत सुरक्षाकर्मी हरेक बुथमा परिचालन गरिसकिएको बताएका छन्।

भागेको देखिएको थियो। यसै गरी बौधिमाई नपाको इनर्वा, सरमुजवा, देवाही गोनाही नपाको करुनिया, गरुडा नपाको पिपरिया, गढीमाई नपाको लक्ष्मीपुर लगायत ११ स्थानमा पुनः मतदान भएको थियो।

सुरक्षाको दृष्टिकोणले अति संम्वेदनशील, संम्वेदनशील र सामान्य गरी तिन वर्गमा मतदान केन्द्रलाई विभाजन गरी सोही अनुसार पहिलेको निर्वाचनभन्दा निकै बढी संख्यामा सुरक्षाकर्मी परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीर बहादुर बुढा मगरले जानकारी गराएका छन्।

निर्वाचनको अवधिभर हरेक मतदानस्थलमा सुरक्षा निकायको नियमित गस्ती भइरहने तथा आवश्यक पर्नासाथ ५ मिनेटभित्र मतदानस्थलमा थप बल पुग्ने गरी व्यवस्था मिलाइएको जिल्ला प्रहरी एसपी मगरको भनाइ छ।

सबै मतदान केन्द्रमा मतदान कर्मचारी तथा सुरक्षाकर्मी परिचालन भइसकेको र शान्तिपूर्ण वातावरणमा सर्वसाधारणले मतदान गर्न पाउने आशा राखेको बताएका छन्। गत स्थानीय तहको निर्वाचनमा मतपेटिका लुटेर भाग्नेसम्मको गतिविधि देखिएकोले सुरक्षानिकाय शिर झुकेको भन्दै मतदानजस्तो लोकतान्त्रिक प्रक्रियामा सबैलाई सकारात्मक सहयोग गर्न आग्रह गरेका छन्। सुरक्षा निकायले सम्पूर्ण रुपले शान्तिपूर्ण तथा स्वतन्त्र वातावरणमा मताधिकारको प्रयोग गर्न पाउने वातावरण सिर्जना गरेका छन्।

सुरक्षा व्यवस्था कडा बनाइएपछि सर्वसाधारण मतदाताको भने शान्तिपूर्ण मतदान हुनेमा आशा पलाएको छ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!