बुथ कब्जा गर्नेलाई सिधै गोली हान्ने आदेश

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

काठमाडौं । निर्वाचनको पूर्व सन्ध्यामा सुरक्षा निकायले नेपाल भारत सीमा क्षेत्रका केही जिल्लासहित १५ जिल्लाको निर्वाचनमा विशेष सर्तकता अपनाउन निर्दैशन दिएको छ । गृहमन्त्रालयको आदेशमा सुरक्षा निकायले पन्ध्र जिल्लामा विशेष सुरक्षा सर्तकता अपनाउन निर्दैशन दिएको हो । झापा, मोरङ, सिराह, सप्तरी, रौतहट, पर्सा, धनुषा, दोलखा, चितवन, गोरखा, कपिलवस्तु, पूर्वी नवलपरासी, कैलाली दार्चुला र डडेलधुरा गरी पन्ध्र जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

‘शीर्ष नेताहरुले चुनाव लडिरहेको जिल्लाको सुरक्षा अवस्था निकै चुस्त दुरुस्त पारिएको छ’, मन्त्रालयका एक अधिकारीले भने । उनका अनुसार नेपाल भारत सीमा जोडिएका जिल्ला पनि सुरक्षा सर्तकता बढाइएको जिल्लामा परेका छन् । शीर्ष नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, शेखर कोइराला, माधवकुमार नेपाल, पुष्पकमल दाहाल लगायतका नेताहरु चुनाव लडिरहेका क्षेत्र र जिल्लामा झडप हुनसक्ने, हुलहुज्जत हुनसक्ने भन्दै निगरानीमा राखिएको हो । त्यस्तै बुथ कब्जामा बद्नाम रहेको दोलखा यसपटक सबैतिरको नजर परेपछि निर्वाचन आयोग र सुरक्षा निकाय दुवैले महत्व दिएका छन् ।

दोलखामा ४ देखि ६ वटा सम्म बुथ कब्जा हुने पुरानो गुनासोलाई ध्यानमा राखेर आयोगले सुरक्षा निकायलाई विशेष सर्तकता अपनाउन निर्दैशन दिएको थियो । मधेश प्रदेशका जिल्लामा क्षेत्रीय दल र राष्ट्रिय दलहरुबीच झडप हुनसक्ने संभवनालाई ध्यानमा राखेर उच्च सर्तकता अपनाइएको हो ।

दार्चुलामा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलको ठूलो चुनावी सभा भएकाले त्यहाँ पनि सुरक्षा निकायले विशेष ध्यान दिएको छ । त्यसैगरी पुर्वी नवलपरासी १ बाट अर्बपति विनोद चौधरीले उम्मेदवार रहेको जिल्लालाई पनि गृहमन्त्रालयले विशेष निगरानी गर्न आदेश दिएको थियो । सुदुरपश्चिमकै केन्द्र रहेको कैलालीलाई साप्रादायिक सदभाव भड्किन नदिने निगरानी बढाउनु परेको मन्त्रालयको दावी छ ।

गृहमन्त्रालयले शुक्रबार दिउसो मात्रै पत्रकार सम्मेलन गरेर निर्वाचनको सुरक्षाको सबै प्रकृया पूरा भएको जानकारी दिएको थियो । निर्वाचनलाई प्रभावित पार्ने गरी राखिएका बम डिस्पोज गर्न ९०३ वटा सेनाको ‘बम डिस्पोजल टोली’ परिचालन गरिएको गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले बताएका थिए ।

यसैगरी बुथ कब्जा भए मातहत निकायलाई गोली हान्ने आदेश दिएको पनि उनले जानकारी दिएका थिए । निर्वाचन आयोगले बुथ कब्जा गर्न सक्ने संभावित जिल्लाको नाम सुरक्षा निकायलाई उपलब्ध गराइसकेको छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!