एकजना व्यापारीको मृत्यु भएको विषयलाई लिएर रौतहटको गरुडामा आन्दोलन चर्किको

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

मंसिर १३ गते, रौतहट ।

एकजना व्यापारीको मृत्यु भएको विषयलाई लिएर रौतहटको गरुडामा आन्दोलन चर्किएको छ ।
जिल्लाको गरुडा नगरपालिका–४ गरुडाका व्यापारी करिव ४५ वर्षिय राजनारायण साहको सोमवार विहान सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । मर्निङ्ग वाक गरेर घर फर्किने क्रममा गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडिया स्थित नम्बर नखुलेको सवारीको ठक्करबाट साहको ज्यान गएको प्रहरीले जनाएको छ । तर घटना रहस्मय अर्थात शंकास्पद रहेको भन्दै पिडितका आफन्त र स्थानीय व्यापारीहरु आन्दोलनमा उत्रेका छन् ।

व्यापारी साहको मृत्युको सन्दर्भमा प्रहरीले अहिलेसम्म सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै उनिहरु मंगलवार दोश्रो दिन गरुडाको मुख्य सडक नै अवरुद्ध गरी टाएर बालेर विरोध प्रदर्शन गरेका छन् । साहको हत्यारा पत्ता लगाउन माग गर्दै पिडित परिवार र उनका आफन्तहरुले मंगलवार विहान मृत्क साहको शव गरुडा स्थित मेथुर चौधरी चोकमा राखेर बाटो अवरुद्ध गरी प्रदर्शन गरेका थिए ।

स्थानीयले मंगलवार विहान ७ बजेदेखि ९ बजेसम्म प्रर्दशनसहित चक्काजाम गर्दा गरुडा स्थित विरेन्द्र राजमार्गमा सवारी आवागमन ठप्प भएको थियो । यसअघि सोमवार पनि दिउँसो १ बजेदेखी ३ बजेसम्म २ घण्टा चक्काजाम गर्दै उनिहरु विरोध प्रदर्शन गरेका थिए ।

चक्काजाम सहित विरोध प्रदर्शनपछि प्रहरी र पिडितका आफन्तहरुको इलाका प्रहरी कार्यालय गरुडाको प्रांगनमा बसेको बैठकमा प्रहरीले बुधवार बेलुकासम्म साहको हत्यारा पत्ता लगाउने प्रतिवद्धता जनाएका थिए । प्रहरीको प्रतिबद्धतापछि पिडितका आफन्तहरुले मृत्क साहको शव उठाउँदै अवरुद्ध गरेको बाटो सुचारु गरेका थिए ।

प्रदर्शनमा सहभागि रौतहट क्षेत्र नं ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले घटनाभएको दुई दिन भएपनि प्रहरीले अझै हत्यारा पत्ता लगाउन नसक्नु दुखद भएको बताएका थिए । उनले घटना शंकास्पद रहेको भन्दै छिटोभन्दा छिटो सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न प्रहरीसंग माग गरेका छन् । यसैगरी गरुडा नगरपालिकाका मेयर कन्थमनि प्रसाद जयसवालले प्रहरीले आफुहरुसंग गरेको प्रतिवद्धता पुरा नगरे बुधवारदेखी यो भन्दा पनि थप कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

आफुहरु बुधवार बेलुकासम्म जसरी भएपनि घटनाको वास्तविकता अर्थात दोषीलाई पत्ता लगाउन प्रहरीलाई अल्टिमेटम दिएको र बुधवारसम्म पनि दोषी पत्ता नलगाए बुधवार बेलुकादेखी योभन्दा पनि कडा आन्दोलन गर्ने मेयर जयसवालले चेतावनी दिए ।
रौतहटका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) बीर बहादुर बुढामगरले आफुहरु गम्भिरताका साथ घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् ।
घटनाको अनुसन्धान गम्भिर ढङगबाट भईरहेको बताउँदै एसपी बुढामगरले दोषी कुनै हालतमा उम्किन नपाउने बताए । प्रहरी उपरीक्षक मगरले ढिलोचाँडो भएपनि साहको अपराधीलाई जसरीभएपनि पत्ता लगाएरै छाड्ने बताए ।
सडक आन्दोलन भन्दा पनि प्रहरीलाई सहयोग गर्न पीडित परिवार र आफन्तसंग एसपी बुढामगरले आग्रह गरेका छन् । घटनाभएकै दिन देखि आन्दोलन भएका कारण वास्तविक हत्यारा पत्ता लगाउन मुस्किल परेको उनको भनाई छ । आन्दोलनले गर्दा प्रहरीले आन्दोलन व्यवस्थापन गर्ने कि, हत्यारा पत्ता लगाउने काम गर्ने भन्दै उनले प्रशन गरे ।
ढिलोचाँडो हत्यारा पत्ता लगाएरै छाड्ने रौतहट प्रहरीको संकल्प छ ।
व्यापारी साह सडकदुर्घटनामा पर्दा प्रहरीले घटनाबारे कसैलाई जानकारी नदिई घटनास्थलको नजिकै गरुडामा दर्जनौ हस्पिटल हुँदाहुँदै घाइते साहलाई गरुडामा नलगि सदरमुकाम गौर स्थित जिल्ला अस्पतालमा उपचार गराउन लगेको कारण घटना शंकास्पद भएको भन्दै छानबिनको माग गर्दै मृत्कका आफन्त र स्थानीय व्यापारीहरुले गरुडामा सोमवारदेखी आन्दोलन गर्दै आएका छन् ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!