बचेलाल बैठा ,मंसिर १७ गते
राजदेवी नगरपालिका द्वारा आयाेजित निःशुल्क लाेकसेवा आयाेग तयारी कक्षाकाे आज अभिमुखीकरण सम्पन्न भएकाे छ । राजदेवी नगरपालिकाकाे नगर उपप्रमुख राजकुमारी देवीकाे अध्यक्षतामा रामनरेश लक्ष्मण मा वि हजमिनियामा भएकाे एक कार्यक्रम मार्फत अभिमुखीकरण सम्पन्न भएकाे छ ।
राजदेवी न पा काे नगर प्रमुख भिखारी प्रसाद यादव, नगर उपप्रमुख राजकुमारी देवी, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थकाे विशेष सकृयतामा पालिकामा लाेक सेवा तयारी कक्षा सञ्चालन हुन लागेकाे छ । कक्षाबाट पालिकाभरीका १०२ जना प्रशिक्षार्थीहरूकाे सहभागीता रहेकाे छ ।
सहभागी सबै प्रशिक्षार्थीहरूलाई पालिकाले नि:शुल्करूपमा खरिदारकाे पुस्तक समेत वितरण गरिएकाे छ । ५० दिने कक्षामा सहभागीसबैलाई जिल्लाका दक्ष प्रशिक्षकबाट कक्षा सञ्चालन हुने राजदेवी नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत कायस्थले जानकारी दिनुभयाे ।
आजकाे अभिमुखीकरण कार्यक्रममा पुर्वप्रधानमन्त्री माधव कुमार नेपालकाे विशेष उपस्थिति रहेकाे थियाे । त्यस्तै कार्यक्रममा इशनाथ नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत उपसचिव भुदेव झा, जिल्ला हुलाक कार्यालय गाैरकाे प्रमुख देवनाथ यादव, दुर्गाभगवति गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव, मावि हजमिनियाकाे प्रधानाध्यापक संजय कुमार यादव,जेभियर इन्स्टिच्युट गाैरकाे लालबाबु चाैधरी, राैतहट एफएमकाे समाचार प्रमुख राम विश्वास मुखिया लगायतकाे उपस्थित रहेकाे थियाे
।
राजदेवी नगरपालिकाले थालेकाे याे अभियानले जनशक्ति उत्पादनमा सहयाेग पुग्नुकाे साथै हदसम्म राेजगारीकाे अवसरमा ठूलाे मद्दत पुग्ने स्थानीयहरूकाे बुझाइ रहेकाे छ।