वृन्दावन नगरपालिकाको नवनिर्मित थप प्रशासनिक भवनको मेयर पटेलद्वारा उद्घाटन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

बचेलाल बैठा
मंसिर २१ गते, रौतहट ।
रौतहटको वृन्दावन नगरपालिकाको थप भवन निर्माण भई सञ्चालनमा आएको छ।
पर्याप्त भवनको अभावमा कर्मचारीलाई कामकाज गर्न निकै समस्या हुँदै आइरहेको अवस्थालाई मध्य नजर गर्दै वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले नगरपालिकाको थप प्रशासनिक भवन निर्माण गरेका छन्।
बुधबार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख कुर्मीले नगर कार्य पालिका कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन्।
नगर प्रमुख कुर्मीले भवनको उद्घाटन गरेसँगै बुधबारदेखि नै उक्त भवन सञ्चालनमा आएको हो।
पहिला प्रयाप्त भवनको अभावमा एउटै कोठामा चार चारवटा सम्म शाखाहरू सञ्चालन हुँदै आएको थियो ।
एउटै कोठामा थुप्रै शाखाहरू सञ्चालन गर्नुपर्दा दैनिक कामकाज गर्न कर्मचारीहरुलाई समस्या हुँदै आएको थियो भने नागरिकको समेत कामकाज प्रभावित हुँदै आएको थियो।

भवनको अभावमा कर्मचारीलाई कामकाज गर्न समस्या भइरहेको र दैनिक कामकाज समेत प्रभावित भइरहेको देखेर नगर प्रमुख विनोद प्रसाद कुर्मीले थप दुईवटा छुटाछुटै भवन निर्माण गरी कार्यालय विस्तार गरेका हुन्।

थप भवन निर्माण भएसँगै पर्याप्त कोठाको अभावमा एउटै कोठामा थुप्रै शाखा सञ्चालन गर्नुपर्ने बाध्यता अन्त्य भएको छ।
नवनिर्मित भवनमा प्रत्येक शाखाहरू को छुटाछुटै व्यवस्था गरिएको छ।
उक्त भवनमा एउटा सभा हलको छुट्टै व्यवस्था गरिएको छ भने प्रशासन, राजस्व तथा दर्ता चलानी शाखा, सामाजिक सुरक्षा, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा,रोजगार सेवा केन्द्र तथा लघुउद्यम शाखा, योजना तथा अनुगमन शाखा, प्राविधिक शाखा र शिक्षा युवा तथा खेलकुद शाखाको छुट्टै व्यवस्था गरिएको छत्यस्तै पहिलाका मेयर राम स्नेही यादवले आफू सहित अन्य कर्मचारीहरूलाई बस्नका लागि नगरपालिका कार्यालय भन्दा बाहिर चन्द्रपुर र गौरमा केही कोठाहरू भाडामा लिएर कार्य सञ्चालन गर्दै आएका थिए ।

तर अब नगरपालिकाको प्रयाप्त मात्रामा आफ्नै प्रशासनिक भवन निर्माण भएपछि भाडाको घरमा सञ्चालन हुँदै आएको कार्यालयको सेवा अब आफ्नै प्रशासनिक भवनबाट सुचारु भएको हो।भवनको उद्घाटन गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विनोद प्रसाद कुर्मीले पूर्व मेयर राम स्नेही यादव र तत्कालिन निमित प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव दुवै जना मिली नगरपालिकालाई कमाउ खाने भाँडो बनाइदिएका कारण नगरमा विकास निर्माणका काम हुन नसकेको बताएका छन्।

शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार निर्माण कार्यको नाममा पूर्व मेयर यादवले भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको मेयर पटेलले बताए ।यादवले पाँच वर्षमा बनाउन नसकेको नगरपालिकाको प्रशासनिक भवन आफू निर्वाचित भएको ८ महिनामै बनाएर देखाइदिएको समेत उनले बताए ।
अकुत सम्पत्ति आर्जन गरी जनताको कमभन्दा आफ्नै व्यक्तिगत विकास गरेकै कारण आम जनता यसपालिको स्थानीय तहको निर्वाचनमा पूर्व मेयर यादवलाई पाखा लगाइदिएको समेत उनले बताए।

आफूले आफ्ना कार्यकालको सुरुवातमा सबभन्दा पहिला अव्यवस्थित रूपमा सञ्चालित नगर कार्य पालिका कार्यालय व्यवस्थित
रूपमा सञ्चालन गराएको र अझै थप अन्य सुधारका कामहरु गर्न लागेको उनले बताए ।

नगरपालिकालाई सुखी, सम्बृद्ध, र विकसित बनाउन आफू विकास निर्माण लगायत कार्यलाई द्रुत गतिमा अगाडि बढाएको उनले बताए ।

भवन उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव खिम बहादुर भुजेल, जनप्रतिनिधि, कर्मचारी लगाएतको सहभागिता रहेको थियो।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!