उपप्रमुखले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै :- नगर प्रमुख कुर्मी

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट, २३ मंसिर ।
रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको बताएका छन् ।

शुक्रबार नगरपालिकाको कार्यालय बिश्रामपुरमा पत्रकार सम्मेलन आयोजना गरि नगर प्रमुख कुर्मीले उपप्रमुख संगीता देवी राम नियमित रुपमा नगरपालिकाको कार्यमा सहभागी नहुदा विकाश निर्माणका कार्य हरू प्रभावित हुन पुगेको आरोप लगाए ।

चालु आर्थिक वर्षको लागि छुट्याएको २५ करोड रकम मध्ये ३ करोड निजी रुपमा संचालन गर्नको लागि माग गर्दा बिकाशको योजना संचालन बाहेक रकम भागबण्डा गर्न नसकिने जवाव दिए पछि उपप्रमुख राम ले सामाजिक संजाल मार्फत मिथया आरोप लगाउने कार्य गरेको टिप्पणी गरे ।

उनले भने न्यायिक समिति संचालन गर्नको लागि रकम, कर्मचारी, भवनको व्यवस्था गरेको छु आफै नगरपालिका आउदैन, नगरपालिका को बिषयगत समितिका जिम्मेवारी पाएका उप प्रमुख रामले अहिले सम्म कुनै बैठकमा उपस्थित नभएको कारण बजेट संचालन समस्या उत्पन्न भै रहेको उल्लेख गरे ।
पूर्व जनप्रतिनिधिले गर्न नसकेको कार्य ६ महिनामा गरेर देखाएको दावी गर्दै निर्वाचनको बेला जनता सित गरेको बाचा पुरा गर्न एक इन्च पनि पछि नहट्ने ठोकुवा गरे ।

भ्रस्टाचार नगर्ने र गर्न पनि नदिने उपप्रमुखको उदेश्य कुनै हालतमा पुरा नहुन दिने अडान दोहर्याउदै मेयर कुर्मी ले उपप्रमुख कार्यालय नआए कानुन बमोजिम अर्को विकल्प रोज्ने चेतावनी दिए ।
राजनीतिको कारण ठूलो आर्थिक क्षति भएको दुखेसो पोख्दै नगर प्रमुख ३ करोडको माग कुनै पनि हालतमा पुरा गर्न सकिदैन बरु राजिनामा दिने छु।

उपप्रमुख बैठकमा सहभागी नहुदा बागमती नदीको टेन्डर, किसानको लागि मलखाद वितरण, बजेट कार्यन्वयन गर्न कठिनाई भएको उहाको भनाइ रहेको छ!नगर प्रमुख कुर्मीले उपप्रमुखको श्रीमान अरुण रामले गाडी मरमतको नाउमा ११ लाख रकम माग गरेकोमा त्यो नदिदा गलत आरोप लगाउने गरेको बताउदै उपप्रमुख बाट आफै पिडित भएको उल्लेख गरे!

१ करोड ५० लाख शिक्षा, १ करोड स्वास्थ्य,१ करोड कृषि तथा ८० लाखको दरले वडा स्तरीय बजेट विनियोजन गरिएको जानकारी दिदै मेयर कुर्मीले निषपक्ष, निस्वार्थ रुपमा जनताको लागि काम गर्ने भ्रस्टाचार नगर्ने प्रतिब्द्धता जनाए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!