वृन्दावनमा मेयरकाे ईशारामा हाकिम भुजेलले न्यायिक समिति सञ्चालन गर्न दिएन:उपमेयर संगीता राम

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट, २२ गते मंसिर
राैतहटकाे वृन्दावनका हाकिम खिम बहादुर भुजेलका कारण न्यायिक समिति सञ्चालन हुन उपमेयर संगीता कुमारी रामकाे भनाइ रहेकाे छ । आज पत्रकारहरू सँग कुराकानी गर्दै वहाँले यस्ताे बताउनु भएको हाे ।
न्यायिक समिति सञ्चालन हुन नदिनमा नगरप्रमुख बिनाेद प्रसाद कुर्मीकाे पनि हात रहेको वहाँले बताउनु भएको छ ।

उपप्रमुख संगिता कुमारी रामले न्यायिक समितिको सचिवालय संचालनको लागि आवश्यक व्यवस्था मिलाइदिनु नगरपालिका संग आग्रह गरेकी थिईन् । तर
प्रमुख प्रशासकिय अधिकृत खीम बहादुर भुजेल सँग बारम्बारको आग्रह पछि लिखितरुपमै माग गरिन् । तर पनि सुनवाइ भएन् । यस प्रति वेवास्ता गरेको उपप्रमुख रामक‍ो गुनासो रहेको छ ।

स्थानीय सरकारमा न्यायिक समितिकाे संयाेजक उपमेयर नै रहने संबैधानिक व्यवस्था छ । तर वहाँलाई याे अधिकार बाट बञ्चित गरिएको छ । हजारौं जनताकाे जनादेश पाएकाे व्यक्तिलाई नै अधिकार बाट बञ्चित गराईयाे भने त्यहाँका जनताले कति अधिकार पाउँलान् । त्याे सजिलैसँग कल्पना गर्न सकिन्छ । जनप्रतिनिधि नै न्याय पाउन गाह्रो छ भने सर्वसाधारण जनताकाे लागि त्यहाँकाे स्थानीय सरकारले कस्तो व्यहार गरिरहेकाे हाेला ।

न्यायिक समिति सञ्चालन नहुँदा त्यहाँबाट हुने कार्य सम्पादन हुन नसकेको उपमेयर रामको भनाइ रहेको छ । उनले जिल्ला अदालत गौरलाई बोधार्थ गरि भदौ २६ गते प्रशाशकिय अधिकृतलाई चिठ्ठी बुझाएको थिईन। ३ महिना भईसक्दा समेत कुनै सुनुवाई नगरेपछी उनि पुन अर्को चिठी सूचना आयोग र अन्य निकायमा दिने तयारीमा रहेकी बताएकि छिन् ।

जनतालाई न्याय दिलाउने न्यायिक समिति संयोजक नै न्याय खोज्न अदालत र बिभिन्न निकायहरु धाउन थालेपछि जनताले न्याय खोज्न जाने ठाउँ नपाउँदा वृन्दावन नगरपालिकाका जनता मारमा परेका छन् । नगरपालिकामा भईरहेको गतिविधिमा आफूलाई सहभागी नगराएको र आफ्नो अधिकार खोसिएको भन्दै नगरपालिकाका मेयर बिनोद पटेलको कार्यप्रति समेत उपमेयर राम असन्तुष्ट बन्दै आएकी छिन  । नगरपालिकामा मेयर र उपमेयर बीच कुरा नमिल्दा जनताका काम प्रभावित बन्दै आएको स्थानीय बताउँछन् ।

नगरपालिकामा केहि समयदेखि विवाद रहेकाले वृन्दावनका जनता अन्यायमा परेका स्थानीय अदित्य रजकले बताए । नगरपालिकाको न्यायिक समिति केहि समय अगाडी नै गठन गरिएको भए पनि नगरपालिकाले आवश्यक व्यवस्था नमिलाएका कारण अहिलेसम्म न्यायिक समितिले काम सुरु गरेको छैन । मुद्दा दर्ता गर्ने कर्मचारी, फर्निचर , अमिनलगायत आवश्यक प्राविधिक कुराका लागि पटक–पटक तागेता गर्दा पनि नगरप्रमुखले बेवास्था गरेपछि न्यायिक समितिले काम सुचारु गर्न नसकेको संयोजक तथा उपमेयर रामले बताइन् । हुन उपमेयर राम नगरपालिकाको योजना तथा कार्यक्रम अनुगमन समितिकी संयोजक हुन् । तर, विकास निर्माणका काम सम्पन्न भएपछि रकम भुक्तानी गर्दा समेत उनलाई जानकारी दिइदैन ।

आफ्नो नेतृत्वको न्यायिक समितिलाई बेवास्ता गर्ने , निर्णय प्रक्रियाबाट बञ्चित गर्ने, जानकारी विनै योजना तर्जुमा गर्ने, अनुगमन विनै योजना फछ्र्योट गर्ने लगयतका कार्य गरेर प्रशाशकिय अधिकृत भुजेल र मेयर पटेलले दु:ख दिएको उपमेयर राम बताउँछिन । प्रमुख प्रशासकिय अधिकृत भुजेलले मेयर विनोद प्रसाद कुर्मीको इसारामा न्यायिक समिति संचालन न गर्न दिने सोंचले कुनै वास्ता न गरेको उपप्रमुख रामले बताइन् ।

साथै उप्रमुख रामको अनुसार मेयर विनोद प्रसाद कुर्मी,अधिक्तम् दलितकै मत पाएर निर्वाचित भए पश्चात् हाल आफुलाई दलित भनेर सधै हेला र अपहेलना गर्ने गरेको बताउदैं,विगतको पाँच वर्षसम्म उपमेयरले प्रयोग गर्दै आएको सवारी साधन समेत तानेर मेयरले आफ्नो भाइ भतिजलाई चढ्नका निम्ति दिएको बताईन्। दलित भएकै कारणले आफूसँग साैतेला व्यवहार गरेकाे उनले गुणासाे गरेकी हुन् ।

यस बिषयमा बुझ्न खोज्दा वृन्दावन नगरपालिकाका मेयर बिनोद पटेलको फोन उठेन भने प्रशाशकिय अधिकृत भुजेलको फोन स्विच अफ देखायो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!