आफूले तीन कराेड माग गरेको आराेप झुठा हाे:उपमेर संगीता राम

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

बचेलाल बैठा राैतहट,मंसिर २४ गते

रौतहट जिल्लाको वृनदावन नगरपालिकाका उप प्रमुख संगिता कुमारी रामले नगर प्रमुखले आफू माथि लगाएको आर्थिक लाभकाे आराेप गलत रहेको बताएकी छिन् ।

शनिबार निजी निवास चन्द्रपुरमा पत्रकार सम्मेलन आयोजना गरि उपप्रमुख रामले यस्ताे बताउनु भएको हाे ।

वहाँले भन्नू भयाे,”मेराे लडाइँ बजेटकाे लागि हाेईन, अधिकारकाे लागि हाे” नगरप्रमुख बिनाेद कुर्मीले म माथि गलत र निराधार आराेप लगाउनु भएको छ । बजेट वहाँकाे घरकाे हाेईन्,विकास निर्माणकाे लागि हाे । त्याे मैले वहाँ सँग माग गर्नै पर्दैन् । नियम प्रक्रिया अनुसार बजेट खर्च हुने हाे ।

नगरपालिकाकाे बैठक देखि कुनै पनि कार्य सम्बन्धि जानकारी नै नदिई मेराे कारणले विकास निर्माणकाे कार्य प्रभावित हुनु आराेप लगाउनु गलत रहेकाे बताईन् ।

उपप्रमुख संगिता रामले पत्रकार सम्मेलनमा भन्नू भएको कुरा जस्ताकाे त्यस्तै:

नगरप्रमुख कुर्मीले शुक्रबार उहाँले पत्रकार सम्मेलनमा बोल्नु भएको सार्वजानिक भएपछि मैले स्वयम समाजिक सञ्जाल बाट भिडियो क्लिप सुने समाचार पनि पढे । म उहाँको बक्तब्य प्रति खेद प्रकट गर्दछु । उहाँले बोल्नु भएको कुराहरु सरासर निन्दिनिय र अमर्यादित किनभने सर्वप्रथम उहाँले बोल्नु भन्दा पहिला स्थानिय ऐन अध्यन गर्नु पर्ने जरुरी थियो । किनभने प्रमुख र उपप्रमुखलाई सुविधा संघ र प्रदेशले व्यवस्था गरेको अनुसार पाउनु पर्ने हो ।

यसका केहि सुविधा लिनुपरेमा कार्यापालिका बैठक राखि प्रस्ताप पारित गराउनु पर्ने हुन्छ । सुविधाको बारेमा जुन कुरा निकाल्नु भएछ । उहाँले व्यत्तिगत घरबाट दिएको जस्तो बोल्नु भएछ । यो कुराले प्रस्ट पार्छ कि राजा सैलिको साशन नै उहाको शैली गलत हो। उहाले म माथि ३ करोड म संग माग गरेको हाे । नगरप्रमुखकाे भनाइ प्रति फेरि पनि म खेद प्रकट गर्दछु । यसमा पनि उहाँले स्थानिय ऐन बुन्नुपर्ने हुन्छ । रकम नगरप्रमुखले उपप्रमुखले दिने होइन । यसको आफ्नै कार्यविधि हुन्छ । यो रकम नगर स्थानिय योजना हो उसले दिएर उसले लिन सक्दैन । कहि कतै अध्यनको जरुरी देखियो । यदि मलाई विकास योजनाको लागि रकम नै चाहेको भए म स्वयम योजना तर्जुमाको संयोजक हुँ । कार्यापालिकाको बैठक बसेको बेलामा कुनै पनि योजना छुटेको भए म आफै प्रस्ताव गर्थे । म स्वयम बजेट पेश र पारित गराएको हु । चारैतिर मेरो सहि छाप छ त्यहि भएर अपमानित कुराले मेरो अस्तिव माथि प्रहार भएको छ ।

म मान हानीको मुद्दा नगरप्रमुख विनोद प्रसाद कुर्मी माथि गर्नेछु नत्र उहाँ स्वयमले प्रमाणित गर्नु पर्यो मैले जनता बाट अनुमोदित भएर निष्ठा पुर्वक म आफ्नो काम र कर्तव्य निर्वाह गरेको छ । नगरप्रमुखले जुन अभियोग लगाउनु भयो । म कार्यालय उपस्थित हुदैन यो कुरा म पनि सरासर गलत हो । हामि त चुनाव जिते पछि नियमित रुपले कार्यालय आउदै जाने क्रममा प्रमुख र उपप्रमुख छलफल हुदा नगरपालिका सुव्यवस्थित गर्नेलाई प्रशासन सेवाको उपसचिव ल्याउनु पर्ने मैखिक छलफल भएको थियो ।

अचानक केहि दिन पश्चात नगरपालिकाका शिक्षा विभागको कर्मचारी खिम बहादुर भुजेल हाजिर हुन आउनुभयो । त्यस पछि म दंग भए केहि समय नबितिदै आर्थिक वर्ष आयो, अनुगमनको कार्य हुदा नहुदै नगरपालिकाको खाताबाट विभिन्न शिर्षकका सुत्र बाट चेक काटिएको भेटियो । उत्त चेकहरु काटिएको शिर्षकका धेरै जस्तो अनुगमन भएको थिएन । अनि मैले प्रशासकिय प्रमुखलाई सोध पुछ गर्दा केहि जवान दिनुभएन त्यहि बेला ती चेकहरु कहाँ पुग्यो मलाइ थाहा भएन ।

म प्रमाणको लागि सुत्रबाट काटिएको चेकको कागजातहरु पेस गर्दछु । त्यहि बुझ्न सहि भयो कुन चेकमा भएन मैले बारम्बार मैखिक रुपले बैंक स्टेटमेन्ट प्रशासकिय प्रमुख संग माग गर्दा नदिएपछि मैले लिखितरुपमा माग गरेको हु । त्यस पस्चात त्यहि रिसिबिको कारण न्यायक समितिमा प्रशासकिय प्रमुख खिम बहादुर भुजेलले चाहिने कर्मचारी मध्य कम्पुटर अपरेटर कास कम्पुटर केही पनि केही व्यवस्था नहुदा नगरको जनता मारमा मरेपछि म स्वयम जितेपछि आफ्नो दाइत्वो जिमेवारी निभाउन असमर्थ भएपछि नगरपालिका को लेटर प्याडमा माग गरेको छ ।

थप कुराको जानकारी गराउन चाहान्छु भन्ने बारम्बार स्थानिय ऐनका लिखित भए अनुसार प्रतेक माहिनाको पहिलो हप्तामा अफिसको आय व्ययको विवरण पेश गर्न दबाव बनाएपछि प्रशासकिय प्रमुखले बृन्दावन नगरपलिका आउन छाड्नुभयो त्यस पछि मैले फोन गर्दा उहाको फोन रिसिभ भएन अनि बल्ल मलाई थाहा भयो नगरप्रमुख र प्रशासकिय प्रमुख मिलि उहाहरु आफ्नो घरको नजिकको कोठा भाडामा लिइ कार्यालय संचालन गर्न थाल्नु भयो अनि मलाई फोन आउदा म नगरपालिकामा छु ।

नगरपालिका सम्बधि केही छ भने, आधिकारी ठाउँमा गर्न बार बार भने तर पनि प्रशासकिय प्रमुखले मलाई आदेश दिने को? मेयर साहेव जे भने म त्यहि गर्छु जवाफ आयो । त्यस पछि म आफ्नो नियमित कार्यालय नगरपालिकाको आफ्नो काममा बसेर कामकाज समाली प्रशासकिय प्रमुख संग मोबाइल मार्फत म्यासेज गरेको कुरा पनि सार्वजानिक गर्छु । बार बार प्रशासकिय प्रमुख र नगरप्रमुखले आफ्‌नो मिलोमतोमा उपप्रमुखले पाउनुपर्ने कामकाजको जिमेवारी मिचेर केही आफै केही अरु जनप्रतिनिधिलाई अधिकार दिइ उपप्रमुखको सम्मान माथि आँच पुयाएको छ ।

प्रमाणको लागि कृषिको संयोजक उपप्रमुखलाई संविधानले दिएता पनि नगरप्रमुख आफै संचालन गर्दै आउन भएको छ। यति मात्र होइन केहि दिन नगरपालिकाको लागि इन्धन तेलको कुपन पनि आफै र निजको छोरा सन्तोष पटेलले संचालन गर्दै आउदा म स्वयम प्रशासकिय प्रमुख खेम बहादुर बुजेललाई विरोद गर्दा राकिएको हो । त्यस पछि मैले स्वयम आन्तरिक राजस्व प्रमुख समितिको प्रमुख भएता पनि प्रशासकिय प्रमुखले बैठकको सूचना वा बैठकको वातावरण नबनाई नदिको ठेक्का अमानतमा के कति दर रेट थाहा नै नदिई संचालन हुदै आइरहेको छ। यति सम्म की बोल्दर, बालुवा, गिट्टी भोककर्तालाई राजस्व दिने रषिद बोर्ड बैठकमा सार्वजानिक वा कुनै समितिमा सार्वजानिक नगरिकन आफ्नै हिसाबले ठेली संचालन गर्दै आएकोमा खेद प्रकट गर्दछु ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!