रौतहटको छोरी निकिताले निकालिन प्रहरी निरीक्षकमा नाम

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

२०७९ मंसिर २६, सोमबार

रौतहट , २६ मंसिर । २०७८ सालमा नेपाल प्रहरी सेवा अन्तर्गतको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भएको परीक्षाको नतीजाप्रकाशन भयो र त्यस नतिजामा उतीर्ण १ सय ४६ जना को नामावली भित्र रौतहटकि छोरी निकिता मिश्रको पनि नाम थियो । त्यो दिन निकिताको लागि जीवनकै सवा भन्दा बढि खुशीको दिन थियो । साँझको समयमा नतीजा प्रकाशित हुँदा साथीहरूले उनलाई शुभकामना र बधाई दिन थाले ।

रौतहटको गढ़िमाइ नगरपालिका बलुवा मदनपुर घर भइ वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित चिनीमिल आवास क्षेत्रमा बसोबास गर्ने निकिताले आमासँग भिडियो कलमा खुशीको खबर सुनाउँदा आमा खुशीले छोरीसँगै भिडियो कलमा रुन थालिन् । धेरै सङ्घर्ष पछि मिश्रले प्रहरी निरीक्षकमा एकैचोटि सफलता हासिल गरेपछि अहिले नेपालमै उनको चर्चा चलेको छ । खासमा मधेशमा निकिता महिलाहरुको लागि प्रेरणाको श्रोत बनेकी छिन ।

सिद्धार्थ माविबाट स्कूले अध्ययन गरेकी निकिताले ठाकुर राम बहुमुखी क्याम्पसबाट बिएस्सी उत्तीर्ण गरिन् भने हाल त्यहि क्याम्पसमा राजनीति शास्त्रमा स्नातकोत्तर गर्दैछिन् । स्नातक सकेर जिएचपी स्कूल वीरगञ्जमा चार वर्षसम्म लेखापालमा जागीर गरेकी निकिताले आफूलाई साहसी महिला प्रमाणित गरेकी छन् ।
स्नातक सकाएर काठमाडौंको कोलम्बिया इन्स्ट्च्युटबाट प्रहरी निरीक्षक पदको तयारी गरेकी निकिता पहिलो प्रयासमैं सफल हुँदा निकै खुशी छिन् ।

मङ्सिर २४ गते देखि उनी १६ महीने तालीममा सहभागी भएकी छिन । मधेशका छोरीलाई राज्यका हरेक अङ्ग तथा तहतप्कामा जागीर खानको लागि समाजले प्रेरित गर्नुपर्ने उनको धारणा रहेको छ ।

निकिता भन्छिन्, ‘पहाडी समुदायमा छोरीलाई स्वतन्त्र वातावरण दिइन्छ, तर मधेशका छोरीहरु रूढिवादी चिन्तन र सोचाइका कारण पछि पर्दै गर्दै गएका छन् । छोरीलाई विभेद नगरी छोरा सरह शिक्षादीक्षा, पालनपोषण, घुमफिर लगायतमा अभिभावकले ध्यान दिए घरपरिवार, समाज र देशको नाम उज्ज्वल गर्न सक्छन् ।’

निकताले प्रहरी निरीक्षकमा नाम निकालेर समाजको लागि उदाहरण बनेकी छिन , उनि भन्छिन अबको समय आफु यहि समाजको लागि खटने हो , समाजको लागि आफु हरपल एउटा सच्चा पहरेदारको रुपमा आफुलाई उभ्याउनेछु ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!