बाल विवाह तथा दाइजो प्रथा अन्त्यका लागि धार्मिक अगुवाहरूद्वारा प्रेरक तालिम सम्पन्न

पछिल्लाे समाचार

बचेलाल बैठा रौतहट, २०७९
मङ्सिर २७ गते

रौतहटको गौरमा अवस्थित श्री जुद्ध माध्यमिक विद्यालयको श्रोत केन्द्रको सभा हलमा बाल विवाह तथा दाइजो प्रथा अन्त्यका लागि धार्मिक अगुवाहरूद्वारा प्रेरक तालिम सम्पन्न भएको हो । हाम्रो समाजमा कुरितिका रूपमा विद्यमान रहेका बाल विवाह र दाइजो प्रथा अन्त्यका लागि हामी सबै मिलेर न्यूनीकरण गर्नका निम्ति लाग्नु पर्ने आवश्यकता रहेको देखिएको हो ।

त्यस्तै, वर्ल्ड भिजन र निरन नेपालकाे संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा विभिन्न धर्मका धार्मिक अगुवाहरू जस्तै; पण्डित बाबा , मौलाना र पास्टरहरुको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा श्री जुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत छात्र – छात्राहरूको पनि उल्लेखनीय सहभागीता रहेको थियो । सहभागी विद्यार्थीहरू मध्येका छात्र – छात्राहरु आ – आफ्ना मनमा लागेका कुराहरू सोध्दै सवाल-जवाफ चलेको थियो ।

वास्तवमा अहिलेका युवा हाम्रो भविष्यका कर्णधार हो भनी ध्यान केन्द्रित गर्दै आफ्नो समाजमा जनचेतना जगाउने हिसाबले र बाल विवाह तथा दाइजो प्रथा अन्त्यका लागि युवाहरुको सक्रियताले धेरै ठूलो महत्वपूर्ण भूमिका खेल्ने देखिएकोले आउने भविष्यमा केही नकेहि परिवर्तन आउने उद्देश्यले उक्त कार्यक्रम विद्यालय परिसरमा नै गर्दा केही हदसम्म सफल हुन जाने देखिएको हो ।

हाम्रो समाजमा बाल विवाह एक आम समस्याका रूपमा देखिएको हो जसलाई हामी सबै मिली एक जुट भई लग्दैनौं तब सम्म यो कुप्रथाबाट छुटकारा पाउँदैनौं , त्यस्तै हामी सबै मिली दाइजो प्रथा हाम्रो समाजको लागि कारक तत्वको रूपमा विद्यमान रहेका कुप्रथालाई जरा देखि नै अन्त्य गर्ने तर्फ लाग्नु पर्छ भनी सहजकर्ताहरुले सबैमा आग्रह पनि गरेका थिए ।

त्यस्तै कार्यक्रममा विभिन्न धर्मका धार्मिकअगुवाहरू,सहजकर्ताहरु ,शिक्षक,शिक्षिका, विद्यार्थी र पत्रकार लगायत समाजका भद्रभलादमीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!