रौतहटका माधवनारायण न.पाका मेयर भ्रष्टाचारमा लिप्त मेयर भ्रष्ट रहेको भन्दै चर्को विरोध

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

पुष १ गते, रौतहट ।
रौतहटको माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले नगरपालिकामा ब्रहमलुट मच्चाएको पाइएको छ ।
मेयर यादवले विना कुनै कार्यक्रम गरी आफना मनपर्दि गैरकानुनी तारिकाले खाजा र खानाको नाममा लाखौं रकम हिनामिना गर्नुका साथै व्यक्तिगत कर्मचारीको नाममा पेश्की रकम निकासा गराएको देखिएको छ ।
नगरपालिका कार्यालयको आयोजनामा कुनै कार्यक्रम गर्नुपर्दा मात्र सहभागीहरुको खाजा र खानाको खर्च नगरपालिका कार्यालयले व्यवहोर्ने नियम छ तर माधव नारायणका मेयर बैजनाथ प्रसाद यादवले विना कुनै कार्यक्रम नै नगरी जिल्लाको विभिन्न होटलमा खाना र खाजा खुवाएको भनी लाखौं रकम भुक्तानी गराएको रहस्य खुलेको हो ।
मेयर यादवको आदेशमा विल भपाईको आधारमा गौरमा रहेको राज होटलको ४ लाख ९ हजार ३ सय, चन्द्रनिगाहपुरको एन प्लाजा होटलको २ लाख ४३ हजार र सोही ठाउँको पशुपति होटलको ४६ हजार रुपैया भुक्तानी दिइएको लेखापाल रामबलम यादवले बताएका छन् ।
मेयर यादवको तोक आदेशमा भुक्तानी दिइएको उक्त होटलहरुमा नगरपालिकासंग सम्बन्धी कुनै कार्यक्रम नै नभएको पाइएको छ ।
त्यस्तै कुनै संस्था वा उपभोक्ता समितिको नाममा मात्र पेश्की दिनुपर्ने नियम छ तर माधवनारायण नगरपालिकाबाट चारजना कर्मचारीको व्यक्तिगत नाममा लाखौं रकम पेश्की निकासा गरिएको छ । पेश्की लिनेमा सरकारी कर्मचारी देखि लिएर करारका कर्मचारी समेत रहेका छन् ।
विभिन्न कार्यक्रम सञ्चालन गर्ने भनी नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत मिश्रिलाल साहको नाममा ८ लाख ५० हजार, प्रशासन शाखा प्रमुख पृथ्वीनारायण यादवको नाममा १२ लाख, करारमा कार्यालय सहयोगीको रुपमा कार्यरत अर्जुण साहको नाममा ८ लाख र करारकै अर्का कार्यालय सहयोगी राजेश पण्डितको नाममा ७ लाख रकम कार्यक्रम सञ्चालन गर्नुभन्दा अघि नै अग्रिम भुक्तानी दिइएको देखिएको छ ।
नगरको विकासका लागि आएको रकम विकास कार्यमा खर्च नगरी मेयर यादवले होटलमा खर्च गरेर ब्रहमलुट मच्चाएको स्थानीयहरुले बताएका छन् ।
मेयरमा निर्वाचित भएको ७ महिना बितिसक्दा पनि उनले अहिलेसम्म एउटा पनि ठोस काम गर्न नसकेको र जनताको विकास बजेट दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गर्न खोजेको भन्दै मेयर यादवको सामाजिक सञ्जालमा चर्को विरोध हुन थालेको छ ।
जनता समाजवादी पार्टीका मधेश प्रदेश सदस्य श्याम विहारी यादवले माधवनारायणका मेयर बैजु यादव नगरपालिकालाई कमाउखाने भाँडो बनाएको आरोप लगाएका छन् ।
मेयर पदको आडमा कानुनलाई हातमा लिएर मेयर यादवले ७ महिनामै नगरपालिकालाई अस्तव्यस्त बनाइदिएको नेता यादवले बताए ।
कर्मचारीलाई पेश्की, होटलको अनावश्यक विल भुक्तानी लगाएत बहानामा मेयर यादवले आफना कार्यकर्तालाई पाल्ने काम मात्र गरेकोे उनले बताए । मेयर यादवको कार्यशैलीले नगरवासी आजित भइसकेकोले भ्रष्टाचारमा लिप्त नभई जनताको कामप्रति उत्तरदायी भएर लाग्न उनले मेयर यादवलाई सुझाव दिए ।
मेयर यादवले गैरकानुनी एवं अनाधिकृत रुपमा निकासा गराएको होटलको भुक्तानी र कर्मचारीको नाममा निकालेको पेश्कीको सम्बन्धमा आवश्यक छानविन हुनुपर्ने स्थानीयहरुले माग गरेका छन ।
यस सम्बन्धमा मेयर बैजु यादवसंग प्रतिक्रिया लिदा उनले कुनै ठोस जवाफ दिन सकेका छैनन ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!