आपूर्ति व्यवस्थापन महाशाखाबाट प्रोटेबल अलट्रासाउण्ड मेसिन बृन्दावन नगरपालिकालाई उपलब्ध गराऐ

पछिल्लाे समाचार

राैतहटमा बाेसाेकाे घ्यु बेच्ने सञ्चालनलाई कारवाहीकाे माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

राैतहट १८ माघ राैतहटमा बाेसाेकाे घ्यु उत्पादन गर्दै अाएकाे डेरीका सञ्चालनलाई कडा कारवाही गर्नु पर्ने...

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६फत्तेपुरमा १००८ कन्याद्वारा कलश यात्रा

रौतहट २०७९माघ १७ गते रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको...

रौतहटको बृन्दावन वनबाट एक युवक बेपत्ता

रौतहट १७ माघ  रौतहटको बृन्दावनबाट एक युवक बेपत्ता भएका छन । गत शनिबार माघ १४...

रौतहट प्रहरीद्वारा फुलतारा डेरीमा छापा ठूलो परिमाण अखाद्य बस्तु बरामद

रौतहट २०७९माघ१७ गते रौतहट, १७ माघ । गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा रौतहट...

जनता समाजवादी पार्टीको नगर स्तरीय संगठन विस्तार कार्यक्रम शनिबार सम्पन्न

स्मिथ रजक रौतहट १४ माघ रौतहटको देवाही गोनाहीमा जनता समाजवादी पार्टीको नगर स्तरीय संगठन विस्तार कार्यक्रम शनिबार सम्पन्न भएको...

रौतहट, ०५ पुस ।
बृन्दावन नगरपालिकाले गर्भवती महिलाको चेकजाँच गर्नका लागि प्रोटेबल अलट्रासाउण्ड मेसिन पाएको छ ।
बृन्दावन नगरपालिकाका मेयर तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता बिनोद प्रसाद कुर्मीको अथक प्रयासबाट गर्भवती महिलाहरुको चेकजाँच सम्बन्धि धेरै समस्या भइरहेकोले आपूर्ति व्यवस्थापन महाशाखाबाट प्रोटेबल अलट्रासाउण्ड मेसिन नगरपालिकालाई उपलब्ध गराएको छ ।

अल्ट्रासाउण्ड चेकजाँच गराउन धेरै अप्ठ्यारो भइरहेको अवस्थामा मेयर बिनोद प्रसाद कुर्मीले पहल गरि आफनो पालिकाबासीको स्वास्थ्य बारे गम्भीर भई सहजरूपमा सेवा प्रदान गराउने उदेश्य रहेको बताए । बृन्दावन नगरपालिकाको गर्भवती महिलाहरुलाई आफनो स्वास्थ्य र गर्भमा रहेको बच्चाको बारे जानकारी लिन धेरै अप्ठयारो भईरहेको अवस्थामा आपूर्ति व्यवस्थापन महाशाखाले एक थान प्रोटेबल अलट्रासाउण्ड मेसिन १५ लाख मुल्य बराबरको स्वास्थ्य संस्थालाई हस्तान्नतरण गरिएको छ ।

भिडियो एक्सरे गर्ने उपकरण पाएपछि अब दुर्गम भेगका गर्भवती महिलाहरुले सो सेवाका लागि चपुर, गरुडा, गौर, बिरगंज वा काठमाडौँ जानुपर्ने वाध्यता हटेको नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले बताए । अल्ट्रासाउण्ड सेवाले ग्रामीण क्षेत्रमा गर्भवती, सुत्केरी आमा र नवजात शिशुको मृत्यु दर कम गर्न तथा जोखिमको अवस्था समयमै थाहा पाएर उपचार सेवा लिन सहज हुने मेयर कुर्मीले बताए ।

उहाँका अनुसार अल्ट्रासाउण्ड सेवा प्रवाहका लागि नगरपालिकामा दुई जना तालिम प्राप्त स्वास्थ्यकर्मी रहेका छन । यो मेसिनले गर्भवती महिलाको पेटमा रहेको बच्चाको अवस्था सजिलै थाहा पाउन सकिने भएको हुँदा यसले गर्भवती महिला र नवजात शिशुको मृत्युदर घटाउन निकै सहयोग पुग्ने विश्वास गरिएको उनले बताए ।

Advertisement

लोकप्रिय

राैतहटमा बाेसाेकाे घ्यु बेच्ने सञ्चालनलाई कारवाहीकाे माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

राैतहट १८ माघ राैतहटमा बाेसाेकाे घ्यु उत्पादन गर्दै अाएकाे डेरीका सञ्चालनलाई कडा कारवाही गर्नु पर्ने...

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६फत्तेपुरमा १००८ कन्याद्वारा कलश यात्रा

रौतहट २०७९माघ १७ गते रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको...

रौतहटको बृन्दावन वनबाट एक युवक बेपत्ता

रौतहट १७ माघ  रौतहटको बृन्दावनबाट एक युवक बेपत्ता भएका छन । गत शनिबार माघ १४...
error: Content is protected !!