रौतहटमा दलित थर सुचिकृत सम्बन्धि सुझाव संकलन-२०७९ कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

राैतहट,२०७९पुस ४ गते

रौतहटमा राष्ट्रिय दलित आयोगको आयोजनामा,दलित थर सुचिकृत सम्बन्धि सुझाव संकलन-२०७९ कार्यक्रम सम्पन्न भएको छ। चन्द्रपुरको होटेल ए एन प्लाजामा आयोजित कार्यक्रममा मधेस प्रदेशका रौतहट,बारा,पर्सा र सर्लाही लगायत ४ ओटा जिल्लाका दलित जनप्रतिनिधि तथा दलित अगुवाहरु को भेला बसी उक्त जिल्लाहरुमा रहेका दलितहरुको नाम सुचिकृत गरि दलित आयोगमा पठाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै दलित राष्ट्रिय दलित आयोगका केन्द्रीय अध्यक्ष देबराज विश्वकर्माले २०५८ सालमा राष्ट्रिय दलित आयोगको स्थापना भएपछी,२०५९/०६० मा गरेको प्रयास स्वरुप दलितमा पर्ने जातिहरुको थर सुचिकरण भएको थियो। तर २० वर्ष भित्रमा नेपाल सरकारले दि-रहेको सेवा-सुविधाहरु गैर दलित ले पनि दलित संगै मिल्दो जुल्दो थर राखेर खाइरहेको ले र दलित समुदायका विधार्थीहरुलाई शिक्षा आयआर्जन गर्नका लागि नेपाल सरकारले दि-रहेको सेवा सुविधाहरुमा पनि गैर दलितले दलित संगै मिल्दो जुल्दो थर राखेर सेवा लिदै आइहेकोले सो कार्यलाई सिघ्र रोक्नका निम्ति आयोगले दलित थर सुचिकरण सम्बन्धि सुझाव संगलन गरिरहेको छ बताए ।

साथै मधेस प्रदेशमा जसरी दलित शसक्तिकरण ऐन निर्माण गरि दलित विकास समिति गठन गरिएको छ। त्यसरी नै बाँकी ६ ओटा प्रदेशमा पनि दलित विकास समिति बनाउनका लागि आयोगले सरकारलाई प्रस्ताव गरिसकेको र देशभरिकै ७५३ ओटा पालिकाहरुमा पनि दलित विकास समिति निर्माण गर्नका लागि आयोगले गाउँपालिका महासंघ र नगरपालिका महासंघ संग पहल गरिरहेको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

विश्वकर्माले,दलितहरुको हक अधिकार स्थापनाको लागि र संस्थागत गर्नका लागि जस्ले पढ्न लेख्न पाइरहेका छैनन्,जो संग गाँस बास र कपासको समस्या छ,ति समस्याहरु समाधान गर्नका लागि र नागरिकको आधारभूत हकहरु जस्तै जन्म दर्ता र नागरिक्ता पाउने अधिकार,सामाजिक सुरक्षा भता पाउने लगायत राज्यले दिने सेवा सुविधाहरुको साथै अन्याय अत्याचारमा परेकाहरुको लागि आयोगले सधैं काम गरिरहेको बताउदै स्थानीय स्तरबाट पनि दलित जनप्रतिनिधि र अगुवाहरुले आवाज उठाइदिनु हुन आग्रह गर्नु भयो ।

उक्त कार्यक्रमको अध्यक्षता,आयोगका सदस्य माननीय टुन्ज बराइलीले गर्नुभएको थियोे भने कार्यक्रमको प्रमुख अथितिको रुपमा राष्ट्रिय दलित आयोगका अध्यक्ष माननीय देबराज विश्वकर्मा,विशिष्ट अथितिमा रौतहट जिल्ला समन्वय समितिका अध्यक्ष रामअयोध्या यमदव,अथितिहरुमा रौतहट जिल्ला समन्वय समितिका उप प्रमुख महेश बैठा,वृन्दावन नगरपालिकाकि नगर उपप्रमुख संगिता कुमारी राम,मधेस प्रदेश दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठा,चन्द्रपुरका नगरप्रमुख संजय काफ्ले,उपप्रमुख जयमाला चौधरी,प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही,जिल्ला प्रहरी प्रमुख वीर बहादुर मगर,नेपाल जातीय उत्पिडित मुक्ति समाजका स्थायी सदस्य श्री सन्त परियार ,समाजवादी दलित मुक्ति संगठनका मधेस प्रदेश अध्यक्ष श्री रामो महरा,मधेसी दलित गैर सरकारी संस्था महासंघका राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवान, र रौतहट,बारा,पर्सा र सर्लाहीका ६८ ओटा स्थानीय तहका कार्यपालिका सदस्य तथा दलित महिला सदस्यहरुको साथै पत्रकारहरुको पनि सहभागीता रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!