जनमत पार्टीका कर्याकर्ताको गुण्डाराज बिरोध प्रदर्शनको भिडियो लिइरहेका पत्रकार उपर आक्रमण

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

राजविराज ।प्रेस चौतारी नेपाल शाखा सप्तरीका कार्यसमिति सदस्य तथा पब्लिक प्रेस दैनिक पत्रीकाको संचालक पत्रकार नविन यादव उपर भौतिक आक्रमण भएको छ।समाचार संकलनको क्रममा राजविराजस्थित दशन चौकमा बिहीबार जनमत पार्टीका कार्यकर्ताहरुले केमरामाथि प्रहार गर्दै घाँटीमा मुक्काले आक्रमण गरेका हुन।

मिथिला साहित्य कला प्रतिष्ठान नेपालले उक्त चौकमा गर्न लागेको बिरोध कार्यक्रममा डा.सिके राउतको पुतला जलाउनेबेला बिद्यानन्द बेदर्दी उपर भइरहेको आक्रमणको भिडियो लिने क्रममा पत्रकार यादवको केमरा माथी प्रहार गरेका थिए ।जनमत पार्टीको तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर २(२)का नवनिर्वाचित प्रदेशसभा सदस्य महेश यादव निकट मानिएका राजविराज निवासी दिलिप मण्डलले केमरा र घाँटीमा मुक्काले हानेका छ्न।

डा सिके राउतले प्रतिनिधिसभा सदस्य पदको सपथका लागी संघीय संसदको सचिवालयमा दर्ता गरिएको मधेसी भाषा भन्ने शब्दप्रति आपत्ति जनाउँदै उक्त चौकमा मिलाफले राउतको पुतला जलाउने क्रममा बेदर्दी उपर आक्रमण भएको थियो ।उनीहरुले जलाउन ल्याइएको डा राउतको पुतला जलाउन नदिने भन्दै राउतका कार्यकर्ताहरुले होहल्ला मच्चाएको थियो ।त्यसै बखत बेदर्दी उपर भईरहेको आक्रमणको भिडियो लिने क्रममा पत्रकार यादव उपर मुक्का चलाएका थिए ।

मैथिली भाषालाई विस्थापित गर्ने षड्यन्त्र भइरहेकोबेला मैथिलीकै भोटले सांसद बनेका डा राउतले मैथिली भाषा बिरोधि गतिविधि गरेकोले आपत्ति जनाउँदै बिरोध प्रदर्शन गरिएको मिलाफका अध्यक्ष रमिला साहले बताएकी छिन ।

नेपाल केन्द्रिय तथ्यांक विभाग तथा भाषा आयोग नेपालमा समेत सूचीकरण नगरिएका मधेसी भाषामा सपथ लिनु भाषिक अराजकता भएको मैथिली भाषा अभियानी देवेन्द्र मिश्रले बताएका छ्न।मधेसी भाषा भन्ने भाषा बिज्ञान सम्बन्धि कुनै शब्दकोषमा नरहेकाले यस प्रकारको गतिविधि भाषिक षड्यन्त्र भएको बताए ।संघीय संसदको सचिवालयले भाषा आयोगमा सुचिकृत नै नभएका मधेसी भाषा भन्ने शब्द दर्ता गरिनु आपत्तिजनक रहेको बताए ।

जनमत पार्टीका कार्यकर्ताहरुको अबरोधका बाबजुद उनीहरुले कार्यक्रम सम्पन्न गरेका थिए ।प्रदर्शनकारीहरुले संयुक्त बिज्ञप्ती जारी गर्दै पुनः सपथको माग गरेका छ्न।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!