देवाहीगाेनाहीमा एन.प्याब्सन द्वारा वक्तृत्वकला तथा सांस्कृतिक नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

राैतहट,पुस ०९ गते
राैतहट जिल्लाकाे देवाही गाेनाही नगरपालिकामा वक्तृत्वकला तथा सांस्कृतिक नृत्य प्रतियोगिता कार्यक्रम २०७९ सम्पन्न भएको छ । साे नगरपालिकाकाे वडा नम्बर ३ देवाही स्थित रहेकाे श्री सुशान्त इंग्लिस बाेर्डिङ्ग स्कूलकाे प्रांगणमा कार्यक्रम आयाेजन गरिएको हाे । एन.ब्याबसन जिल्ला कार्य समिति राैतहटकाे आयाेजनामा सम्पन्न भएको कार्यक्रमकाे अध्यक्षता एन.प्याब्सनका जिल्ला अध्यक्ष बिगन राय यादवले गर्नु भएको थियाे ।

कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा देवाही गाेनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह रह्नु भएको थियाे भने विशिष्ट अतिथिकाे रूपमा प्रदेश सांसद जयचन्द्र पटेल रह्नु भएको थियाे । राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रममा नगरप्रमुख साहले दिप प्रज्वलन गरि कार्यक्रमकाे उद्वघाटन गरेका थिए ।

लालक चाैधरीले सञ्चालन गरेकाे कार्यक्रममा स्वागत मन्तव्य सुशान्त इंग्लिस बाेर्डिङ्ग स्कूलका प्रिन्सिपल जितेन्द्र पटेलले राखेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि मेयर साहले नगरभरि शिक्षाकाे स्तर उकास्नकाे लागि आफू लगायत नगरपालिका हरदम तयार रहेकाे बताए ।

कार्यक्रमकाे पहिलो सेसनमा भएको वक्तृत्वकला प्रतियोगितामा ज्ञानकुञ्ज इंग्लिस बाेर्डिङ्ग स्कुलका विकास कुमार यादव प्रथम,डिभाईन लाइट एकेडेमीकी पूर्णिमा कुमारी,ब्राईट इंग्लिस बाेर्डिङ्ग स्कुलका प्रितम कुमार पटेल तृतीय स्थान हासिल गरेका छन् ।

दाेस्राे सेसनमा भएको नृत्य प्रतियोगितामा डिभाईन लाईट एकेडेमी गरूडाले प्रथम,ज्ञानवाटी बाेर्डिङ्ग स्कुल गुजराले दाेस्राे र सुशान्त इंग्लिस बाेर्डिङ्ग स्कुल तेस्रो स्थान हासिल गर्न सफल भएको थियाे ।
कार्यक्रममा उपस्थिति अतिथि तथा पत्रकारहरू लाई पनि सम्मान गरिएको थियाे ।

साे अवसरमा जिल्ला समन्वय समित राैतहटका पूर्व उपसभापति रामबशिष्ट यादव,देवाही गाेनाही नपाकी उपमेयर परनिया देवी पटेल,मेयर प्रत्यासी धर्मेन्द्र पटेल,साे वडाका वडा अध्यक्ष संजय प्रसाद पटेल,बाैधीमाई नपा वड नम्बर २ का वडा अध्यक्ष धर्मेन्द्र पटेल, नेकपा एसका नगर अध्यक्ष बिनाेद पटेल लगायतका विभिन्न निजि बिधालयका शिक्षक,बिधार्थी,स्थानीय भद्रभलादमी,बुद्धिजीवी , शिक्षाप्रेमीहरूकाे सहभागीता रहेको थियाे ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!