रौतहको फतुवा बिजयपुरमा बहुक्षेत्रीय पाेषण कार्यक्रम कामै नगरी फर्छयाैट गर्ने दाउ

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


राैतहट,पुस ०९ गते
राैतहट जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकामा बहुक्षेत्री पाेषण कार्यक्रम अन्तर्गत कामै नगरी पेशकी फर्छयाैट गर्ने दाउमा कार्यक्रम संयाेजक मुकेश साह रहेका छन् ।

साे नगरपालिकामा बहुक्षेत्रिय क्षेत्रीय पोषण कार्यक्रम टिसर्ट वितरणमै सिमित राखिएकाे छ । त्यसकाे अलावा केही पनि वितरण गरिएकाे छैन् । बजेट हिनामिना गर्ने नियतले कुनै पनि कार्यक्रम सञ्चालन गरिएको छैन् । केही दिन अघि केहि संख्यामा मात्र टिसर्ट वितरण गरि लाखौं रकम पचाउन खाेजिएकाे हाे । कामै नगरी बजेट हिनामिना गर्ने नियतले यस्तो गर्न लागिएकाे स्राेतले बताएकाे हाे ।

गत आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्नु पर्ने कार्यक्रम अहिलेसम्म सकाईएकाे छैन् । गत भदौ ०२ गते गत बुधबार बहुक्षेत्रिय पाेषण कार्यक्रम नगर स्तरीय पाेषण तथा खाद्व सुरक्षा निर्देशक समितिकाे बैठक तथा अभिमूखिकरणकाे नाममा एक दिनमै १३ लाख बजेट सकाउन खाेजिएकाे थियो । बहुक्षेत्रीय पाेषण कार्यक्रममा अनियमितता भएको शिर्षककाे खबर बाहिर आएपछि टिसर्ट वितरण गर्न सुरू गरियाे ।
कार्यक्रम संयाेजक साहले कार्यक्रम नै सञ्चालन नगरी भुक्तानी लिएकाे बुझिएको छ । कार्यक्रम सञ्चालनका लागि उनले करिब १३ लाख रूपैयाँ पेश्कीकाे रूपमा लिएकाे स्राेतले जनाएको हाे ।

नगरपालिकाले गाउँका सुत्केरी, गर्भवती महिलालाई बहुक्षेत्रीय पोषण योजना अन्तर्गत युरोपेली संघ र संयुक्त राष्ट्रसंघिय बालकोष (युनिसेफ) को सहयोगमा साे नपाका वडामा महिलाहरूलाई कुखुरा, घिउ तथा पाेषण सामाग्री वितरण गर्नका लागि आएकाे रकममा अनियमितता गरेको आरोप छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा सकाउनु पर्ने कार्यक्रम चालू आर्थिक वर्ष २०७९/८० काे एकै दिन कार्यक्रम गरि सकाउन खाेजिएकाे थियाे । भदौ ०२ गते भएको कार्यक्रममा टाँसिएको बैनरमा मिति पनि लेखिएको थिएन । बैक डेटमै गरियो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवलाई राजनीतिक दबाब दिलाई कामै नगरी पेश्कीकाे रकम हिनामिना गरेका छन् ।
बहुक्षेत्रिय पाेषण कार्यक्रममा अनियमितता भएकाले छानबिन हुनुपर्ने माग स्थानीयको छ ।

बाल र मातृ मृत्युदर घटाउन र विपन्न तथा सीमान्तकृत वर्गका गर्भवती महिला तथा २ वर्षमुनिका बच्चालाई पोषण प्रदान गर्ने उद्देश्यले साे कार्यक्रम सञ्चालित रहेकाे छ । कार्यक्रम सञ्चालन भएको भए करिब २७ लाख जति बजेट आउनुपर्ने थियाे । तर कार्यक्रम नै नगरेकाेले बहुक्षेत्रिय पाेषण कार्यक्रमका लागि १३ लाख मात्र बजेट उपलब्ध गराईएकाे हाे । अहिले आएर कामै नगरी फर्छयाैट गर्ने दाैडधुपमा कार्यक्रम संयाेजक साह लागेकाे बुझिएको छ ।

यस विषयमा कार्यक्रम संयाेजक साह सँग साेध्दा सम्पर्क हुन सकेकाे छैन् । फतुवा बिजयपुरका लेखापाल नवीन यादव सँग बुझदा फर्छयाैट गर्न बाँकि रहेको प्रतिक्रिया दिए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!