रौतहटको गुजरा नगरपालिकामा राष्ट्रपति रनिङ माध्यमिक बिधालय स्तरीय प्रतियोगिता सुरु

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट २१ पुस ।

रौतहटको गुजरा नगरपालिकामा राष्ट्रपति रनिङ माध्यमिक बिधालय स्तरीय प्रतियोगिता २०७९ सुरु भएको छ । स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका प्रतियोगिता सुरु भएको हो ।

बुधबारदेखि सुरु भएको प्रतियोगीता तीन दिन सम्म चल्ने छ । गुजरा नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको सो प्रतियोगिताको उद्घाटन गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी र उपमेयर रत्नलामाले संयुक्त रुपमा गरेका थिए ।

मेयर चौधरीले शिक्षा अक्षरबाट मात्रै आर्जन नभई अतिरिक्त क्रियाकलापबाट आर्जन गरिने शिक्षाले विद्यार्थीको भविष्य उज्वल बनाउने बताए । यस्तै कार्यक्रममा उपमेयर लामाले विद्यार्थीको क्षमता बृद्धिका लागि यस प्रकारका प्रतियोगिता अति आवश्यक रहेको बताए । कार्यक्रममा गुजरा नगरपालिकाका प्रशासकिय अधिकृत बिनोद जयसवालले आगमी दिनमा गुजरा नगरपालिकाबाट पनि खेलकुदमा राष्ट्रका गहनाका रुपमा खेलाडी तयार हुने विश्वास लिएको बताए ।

गुजरा वडा नम्बर ४ स्थित श्री कंकाली माध्यमिक बिधालयमा प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा नगरभरि रहेका ६ वटा माध्यमिक बिधालयका बिधार्थीहरू बिच प्रतियोगिता भइरहेको छ । राष्ट्रपति रनिङ मावि स्तरीय प्रतियोगितामा श्री कंकाली मावि जंगलसैया, श्री मावि कनकपुर, श्री मावि सिमराभवानीपुर, श्री जनप्रिय मावि मावि हरिनगर मैढा, श्री मावि रंगपुर, श्री मावि कटानीका बिधार्थीहरू सहभागी रहेको गुजरा नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवमंगल साहले जानकारी गराए । प्रतियोगितामा ६ वटा ईभेन्टको खेल हुने बताइएको छ ।

प्रतियोगितामा भलिबल, कबडी, हाई जम्प, लंग जम्प, दौड, सर्ट फुटको खेल हुने साहले जानकारी गराए। प्रतियोगिताको पहिलो दिन भलिबल र कबडी खेल भएको उनले बताए ।

संजय कुमार चौधरीको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको सञ्चालन मुरारी गिरीले गरेका थिए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!