रौतहटको चन्द्रपुर नगरपालिका विभिन्न स्वास्थ्य संस्थामा औषधी अभाव

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट २०७९पुस२१
रौतहट ।चन्द्रपुरका बिभिन्न स्वास्थ्य चौकीमा निशुल्क पाईने औषधीको चरम अभाव भएको छ। औषधी अभावका कारण गरिव तथा विपन्न परिवारका व्यक्ति तथा बिरामी उपचारबाट वञ्चित भएका छन् । चन्द्रपुर नगरपालिकाको वडानं ९ मा रहेको डुमरिया स्वास्थ्य चौकीका प्रमुख जयलाल पंडितले नगरपालिकाको स्वास्थ्य शाखाले सर्बसाधारणले पाँउने निशुल्क औषधी नपठाएकाले समस्या भएको बताए ।

डुमरिया स्वास्थ्य चौकीमा औषधीको नाममा सिटामोल मात्र रहेको प्रमुख पंडित बताउछन । उनले आफुहरुले नगरपालिकालाई ३ महिना अगाडिनै आवश्यक औषधी र संख्याको माग फाराम बुझाएपनि आजसम्म उपलब्ध नभएकाले बिरामीको उपचारमा निकै समस्या आइपरेको गुनासो गर्छन् ।

यो समस्या डुमरियामा मात्र होइन चन्द्रपुर नगरपालिकाका १ वटा अस्पताल, ४ वटा स्वास्थ्य चौकी र ३ वटा सहरी स्वास्थ्य केन्द्रले यस्तै समस्या भोगिरहनु परेको छ । करिब ८० प्रकारका औषधी अस्पताल तथा स्वास्थ्य चौकीबाट वितरण गर्नुपर्ने सरकारी प्रावधान रहे पनि सो चौकीमा हाल सिटामोल मात्र रहेको बुझिएको छ ।

एक सातादेखि चिसो हावा र शीतलहरका कारण सप्तरीमा निमोनिया, रुघाखोकी, स्वासप्रश्वास, दम लगायतका बिरामीको संख्या बढ्दै गएको भएपनि औषधी अभावले प्राईभेट स्वास्थ्य संस्थामा जान बाध्य भएका छन् । निःशुल्क औषधि नपाउँदा आर्थिक अभाव भएका व्यक्ति बाहिर गएर औषधि खरिद गर्न पनि कठिन भइरहेको र खरिद गर्न जाँदा खर्चिलो हुने गरेको स्थानीय दिपक साहले बताए ।

चन्द्रपुर नगरपालिकाको वाडनं १० मा रहेको स्वास्थ्य चौकीमा औषधी नभएको सो स्वास्थ्य चौकीका अहेव गोपाल प्रसाद रामले बताए ।
चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख राजेश कुमार ठाकुरले औषधी खरिदको प्रकृयामा रहेको र एक हप्तामा नगरका सवै स्वास्थ्य संस्थामा औषधी पुग्ने जानकारी दिए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!