२०७९पुस २५ गते
रौतहट जिल्लाको मध्य भाग गरुडामा शिक्षक सरूवाको निर्णय सदर गर्न प्रदर्शन गरिएको छ । शिक्षकको आडमा बालबालिका प्रयोग गर्ने,बन्द गर,नगरपालिकाको निर्णय सदर गरौं लगायतका नाराहरू लगाउँदै प्रदर्शन गरेका हुन् ।
प्रदर्शन पछि स्थानीयहरूले नगर प्रमुख कन्थमनी जयसवाल र इप्रका गरूडामा ज्ञापनपत्र समेत बुझाएका छन् । प्रधानाध्यापक सरुवाको विषय लिएर गरुडा नगरापलिकामा केहि दिन देखि विवाद चलिरहेको छ । दुइ दिन पहिला प्रधानाध्यापक सरुवा गरेको भन्दै विद्यार्थीहरुले नगरपालिका अगाडि प्रदर्शन गरेका थिए । भने आज सरुवा सदर गर्न प्रदर्शन गरिएको छ ।
सोमबार प्रदर्शनमा उत्रेका स्थानियहरुले विद्यार्थीहरुलाई बिपक्षीदलका केहि ब्यक्तिले आफ्नो स्वार्थका पूर्तीका लागी उचालेर गराएको प्रदर्शन र बिधालयलाई राजनैतिक आखाडा बनाउन खोजेको आरोप लगाएका छन् ।
शिक्षा क्षेत्रलाई सुधार गर्न खोज्दा बिधालयमा राजनितीकरण गरि बिधार्थीलाई उचालेर आन्दोलन गराउनु, पालिका घेराउ गराउनु अशोभनिय रहेको उनीहरुले आपती जनाएका छन् । एउटै विद्यालयमा लामो समय देखि कार्यरत रहेको कारण शैक्षिक अवस्था तहसनहस हुन पुगेको, विद्यालयलाई राजनीतिक अखडा बनाएकाले सुद्धिकरणका लागि सरुवा गर्न उचित रहेको ठहर गर्दै त्यसैलाइ सदर गर्न माग गरेका हुन् ।
त्यस्तै आइतवार मात्रै गरुडा नगरपालिकाले ४ वटा सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु लाई सरुवा गरेपछि नगर संघर्ष समिति गरूडा द्वारा बिरोध रैली निकाल्दै नगर संघर्ष समितिका संयोजक चुनचुन साहको नेतृत्वमा नगर प्रमुख जयसवाललाई ज्ञापन पत्र बुझाएको थियो । साथै ईलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक बरूण बहादुर सिंहलाई पनि ज्ञापन पत्र बुझाएको थियो ।