नदीजन्य सामाग्री उतखन्नमा देखिएको समस्याप्रति निर्माण व्यवसायी संघ रौतहटको गम्भीर ध्यानाकर्षण

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

२०७९पुस २९ गते

रौतहट । नदीजन्य सामाग्री उतखन्नमा देखिएको समस्याप्रति निर्माण व्यवसायी संघ रौतहटको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले एक प्रेस विज्ञप्ती जारी निर्माण उधोेगका लागि आवश्यक कच्चा पदार्थ गिट्टी,बालुवा,ढुंगा,माटो लगायतका निर्माण सामाग्रीहरुको उतखन्न,ओसारपसार लगायत पछिल्लो समयमा देखिएको समस्या प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विगतमा पनि पटक पटक नदी तथा खानीजन्य निर्माण सामाग्री उत्खन्नमा देखापर्ने समस्याले उधोग अक्रान्त रहेको उल्लेख छ । राज्यले क्रसर उधोगहरु निर्माण कार्यको मुख्य सिजनमा बिना पूर्व सूचना नियमन गर्दा क्रसर उधोगहरु बाट उत्पादिक निर्माण, सामाग्रीहरु उत्खन्न,उत्पादन र ओसरपसारमै गम्भिर समस्या आएको संघको ठहर छ ।
जसको कारणले गर्दा त्यसको प्रत्यक्ष असर राष्ट्रिय गौरवका आयोजना लगायत सम्पूर्ण निर्माण कार्यहरूमा परेको छ । सोही कारणबाट निर्माण कार्यका लागि खानी तथा नदीजन्य निर्माण सामग्रीहरूको अभाव भई निर्माण कार्यहरू ठप्प हुन पुगेको व्यहोरा संघे जानकारी गराएको छ ।

नदी तथा खानीजन्य सामग्रीहरूको उत्पादन, उत्खनन् र संकलनका रोयल्टीको निर्धारण विभिन्न स्थानीय निकायहरूले विना मापदण्ड अनुचित रूपले फरक फरक निर्धारण गर्ने गरेको पाइएको छ । यस्तो रोयल्टी मूल्यको मापदण्ड संघीय सरकारद्वारा नै निर्धारण गरिनुपर्दछ साथै निर्माण सामग्रीहरूको त्तगबचचथ श्यलभ राज्यवाटै तोक्न र उचित मूल्य निर्धारण गर्न संघले जोडदार माग गरेको छ ।

इन्धन सहित निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण परियोजनाहरू अगाडि बढाउन समस्या भइरहेको वर्तमान अवस्थामा गृह मन्त्रालयबाट २०७९÷०९÷२० मा जारी भएको निर्देशनबाट निर्माण उद्योग लगायत आम उपभोक्तामा गम्भिर असर परेको छ । यसवाहेक नदीजन्य तथा खानीजन्य निर्माण सामग्रीहरुको हालको समस्याले त्यस्ता सामग्रीहरूको अभाव सिर्जना भई कार्टेलिङले प्रश्रय पाउने र विगतमा जस्तै चरम मूल्यवृद्धि हुने र केही समय अघि देखि चर्को मूल्यवृद्धिको मारमा परेका निर्माण व्यवसायीहरू थप मारमा पर्ने निश्चित छ गिट्टी, बालुवा, माटो, ढुङ्गा लगायतका निर्माण सामग्री उत्खनन्मा समस्या देखिए चालु निर्माण परियोजनाहरूको लागत र समय बढ्ने देखिएको छ ।

यसबाट विगतमा झैं काम गर्न नसकेको भनी निर्माण व्यवसायीमाथि अनर्गल आरोप लगाउने अवस्था सिर्जना हुने देखिन्छ परियोजनास्थल र सोसँग सम्बद्ध क्षेत्रमा रहेका नदी तथा खानीजन्य निर्माण सामग्रीको परियोजनाले उपभोग गर्न प्रयोग गरिएका उपकरणहरू समेत सञ्चालन गर्न प्रतिबन्ध लगाएकोप्रति पनि संघको गम्भिर ध्यानाकर्षण भएको छ । अन्त्यमा, निर्माण उद्योग प्रतिकूल रहेका सबैखाले समस्या तत्काल अन्त्य गरी निर्वाधरूपमा निर्माण व्यवसाय सञ्चालन गर्ने आवश्यक वातावरण बनाउन संघ नेपाल सरकार लगायतका सम्बन्धित सबै निकाय समक्ष जोडदार माग गरिएको अध्यक्ष कृष्णदेव यादव द्धारा हस्ताक्षरित सूचनामा उल्लेख रहेको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!