बिद्यालयमा रक्सी सेवन गर्ने प्रधानाध्यापक मिश्राको सरुवाको माग

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

स्मिथ रजक २०७९ पुस २९ गते

गौर । रौतहट जिल्लाको राजपुर नगरपालिका- ५ राजपुर फरहदवामा रहेका श्री जनता नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कारवाही गर्न स्थानीय अभिभावकहरुले मांग गरेका छन ।

विद्यालयको वातावरण बिगार्नुको साथै विद्यालयको रकम हिना मिना गरेकोले प्रधानाध्यापक विजय कान्त मिश्रलाई कारवाही गर्नुको साथै सरुवा गर्नु पर्ने माग स्थानीयवासीहरुले अपिल गरेका छन् ।

नमूना विद्यालयको श्रेणीमा परेका श्री जनता माध्यमिक विद्यालयमा भवन निर्माण गर्नका लागि नेपाल सरकारको शिक्षा मन्त्रालयबाट आएको रकममा प्रअ मिश्राले अनियमितता गरेको स्थानीय जय मंगल साहको आरोप रहेको छ। आर्थिक वर्ष २०७७/०७ मा नयाँ भवन निर्माण गर्नका लागि रकम आउँदा भत्काइएको पुरानो भवनको इट काठको झ्याल, ढोका, कड़ी समेत गायव गरेको नेपाली काग्रेसका वडा अध्यक्ष प्रत्याशी बिरेन्द साहले बताए।

१७ सय विद्यार्थी रहेको सो विद्यालयमा एउटा पनि शौचालय सन्चलनमा रहेको छैन विद्यालयमा शुद्ध खानेपानीको अभाव समेत रहेको छ । शिक्षक कर्मचारीहरु समयमा कक्षा कोठामा नजाने गरेको कारण त्यहाँको शिक्षाको अवस्था दयनीय रहेको छ। पूर्व मंत्री महमद आफताब आलमको गाँउमा रहेको सामुदायिक विद्यालयको अवस्था जर्जर हुनु दुखद कुरो रहेको स्थानीयहरूको टिपणी छ ।

विद्यालयमा भएको विवादको विषयमा जानकारी भएको हुँदा आफूले अनुसन्धान गरिरहेको राजपुर नगरपालिकाका प्रमुख राजिक आलमले बताए । डाक्टर आलम आफ्नो पालामा विद्यालयमा पठाएको ३० लाख रुपियों के कुन कार्यमा खर्च भएको भने विषयमा प्रधानाध्यापक संग सोध्ने समेत बताए ।

बिद्यालयमा अध्यन गर्ने छात्र-छात्रालाई शौच गर्न आफ्नो घरमा जानू पर्ने बाध्यता रहेको गुनासो स्थानीय राजन साहले पोखे । शिक्षक कर्मचारी ले प्रयोग गर्ने शौचालय सञ्चालनमा रहेको छ भने विद्यालयमा विद्यार्थीहरुले प्रयोग गर्ने शौचालय भासिएको अवस्थामा रहेको स्थानीयको भनाइ रहेको छ ।

बिद्यालयमा भएको अनियमितताबारे खोजवीन गर्दा प्राध्यानध्यापक मिश्राले आफूमाथि अभद्र व्यव्हार गरेको भन्दै प्रहरीमा उजुरी समेत गरेको मिश्राले आफ्नो आइडीबाट सामाजिक संजाल फेसबुकमा गरेको पोष्टबाट बुझिएको छ। यता प्रअ मिश्रासँग यसबारे बुझन खोज्दा उनले कुनै प्रतिक्रिया दिएनन् ।

विद्यालयको कार्यालय सञ्चालन भएको भवनको छतमाथि रक्सी र विभिन्न कम्पनीको बीयरको खाली बोतल फेला पर्नुले विद्यालयलाई रखसी पसलको रूपमा प्रयोग गर्दै आएको आरोप समेत लगाइएको छ ।

विद्यालयमा भवन निर्माणको लागि आएको करिब १ करोड़ रुपैयाँ हिना मिना भएको छ जसको छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे पनि आयोगले कुनै ठोस कानूनी कार्य वाही न बढाएको गुनासो स्थानीय हरुको रहेको छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!