रौतहटको माधवनारायणमा बालविवाह अन्त्यका लागि संवाद कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

२०७९पुस २८ गते

रौतहट जिल्लाको माधवनारायण नगरपालिकाको सभा हलमा बालविवाह अन्त्यका लागि सामाजिक अभियन्ता, धार्मिक अगुवाहरू तथा स्थानिय सरकार बीच संवाद कार्यक्रम सम्पन्न भएको छ ।
वर्लड भिजन र निरन नेपालको संयुक्त आयोजना तथा माधवनारायण नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रममा मौलाना शेख अनिसुर रहमानको अध्यक्षता र प्रमुख अतिथि उपमेयर निर्मला कुमारी रह्नु भएको थियो ।

विभिन्न धर्मका धार्मिक अगुवाहरू जस्तै; पण्डित बाबा , मौलाना र पास्टरहरुको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । वास्तवमा अहिलेका युवा हाम्रो भविष्यका कर्णधार हो भनी ध्यान केन्द्रित गर्दै आफ्नो समाजमा जनचेतना जगाउने हिसाबले र बाल विवाह तथा दाइजो प्रथा अन्त्यका लागि युवाहरुको सक्रियताले धेरै ठूलो महत्वपूर्ण भूमिका खेल्ने देखिएकोले आउने भविष्यमा केही न केहि परिवर्तन आउने उद्देश्यले उक्त कार्यक्रम गरिएको र केही हदसम्म सफल हुन जाने देखिएको हो ।

हाम्रो समाजमा बाल विवाह एक आम समस्याका रूपमा देखिएको हो जसलाई हामी सबै मिली एकजुट भई लग्दैनौं तब सम्म यो कुप्रथाबाट छुटकारा पाउँदैनौं , त्यस्तै हामी सबै मिली बाल विवाह तथा दाइजो प्रथा हाम्रो समाजको लागि कारक तत्वको रूपमा विद्यमान रहेका कुप्रथालाई जरा देखि नै अन्त्य गर्ने तर्फ लाग्नु पर्छ भनी सहजकर्ताहरुले सबैमा आग्रह पनि गरेका थिए ।

त्यस्तै , कार्यक्रममा माधवनारायण नपाकी उप मेयर निर्मला कुमारी र प्रशासन शाखाका प्रमुख पृथ्वी नारायण यादव, मौलाना रहमत आलम,गुरु पण्डिजी भुपनारायण पण्डिजी, पास्टर दीपक श्रेष्ठ,प्रहरी चौकी माधोपुरको प्रहरी हवल्दार नागेश्वर चौधरी,शिव दयाल पण्डित लगायत विभिन्न धर्मका धार्मिक अगुवाहरू,सहजकर्ताहरु ,शिक्षक,शिक्षिका, विद्यार्थी र पत्रकार लगायत समाजका भद्रभलादमीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको उदघोषण शिव शंकर पासवानले गरेका थिए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!