शिक्षा सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारण सभा सम्पन्न

पछिल्लाे समाचार

रौतहट ३०,पुस ।

रौतहटको चन्द्रपुरमा अवस्थित साथि शिक्षा सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारण सभा सम्पन्न भएको । संस्थाद्वारा संचालित बालनिकेतन मा.वीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष रामकुमार भटराईले आगामी योजनाको बारेमा शेयर सदस्यहरुलाइ जानकारी दिए ।

कार्यक्रममा कोषाध्यक्ष किरण रेग्मीको अनुपस्थिती भएका उनको सहमतीमा आर्थिक बर्ष २०७८ ÷२०७९ को प्रतिबेदन दिनेश सापकोटाले गरेका थिए । संस्थामा आम्दानी तर्फ प्रवेश शुल्कबाट ३ हजार ६ सय ८०, अन्य आम्दानी १९ लाख ८६ हजार ९ सय ८०, बैंक व्याज तथा वोनस आम्दानी ४४ हजार ३ सय ७४ र अन्य आम्दानी गरी २० लाख ३५ हजार ३४ रुपैया पैसा ८५ रहेको जनाईएको छ । खर्च तर्फ भने सबैभन्दा बढी वैक व्याजमा खर्च देखाईएको छ । बैंक ब्याज खर्च ११ लाख ३२ हजार ५ सय १५ रुपैया देखाईएको हो । साधारण सभाले नव निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान समेत गरेको छ ।

रौतहट क्षेत्र न.४ का प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना,चन्द्रपुर नगरपालिकाका मेयर सन्जय कुमार काफ्ले र उपमेयर जयमाला चौधरीलाई दोसल्ला ओढाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथी सांसद देव प्रसाद तिमलसिना सहाकारीले शिक्षामा गरेको लगानी प्रती खुसी ब्यक्त गर्दै तिनै तहको सरकारको शिक्षामा सहयोग रहने बताए ।

यस्तै कार्यक्रमा चन्द्रपुरका मेयर सन्जय काफ्लेले शैक्षिक सुधार सहित उच्च शिक्षा हासिल गर्ने गन्तब्यको रुपमा बिकाश गर्दै लग्ने बिश्वाश ब्यक्त गर्दै शुभकामना दिए। शिक्षाको साथ-साथै चेतनाको बिकाश नभईकन कुनै किसिमको बिकाशले साथर्कता नपाउने बताए । चन्द्रपुर नगरपालिकाले शिक्षा र स्वास्थमा बिशेष ध्यान दिदै अगाडी बढेको उनले जानकारी दिए । शैक्षिक सुधारको निम्ती चाहिने बिभिन्न अभिबृद्धी मुलक कार्यक्रमहरु संचालनमा ल्याईने बताए ।

उनले १६-१७ बर्ष उमेरका बिद्यार्थीहरु कुलतमा फस्ने डर भएको हुँदा उनिहरुको निम्ती काउंसलर ल्याएर शिक्षा दिईने योजना ल्याउन लागेको उनले जनाए । यस्तै उनले अव सरकारी स्कुल मात्र नभई प्राईभेट स्कुलहरुको लागी पनि नगरपालिका प्याड बितरन गर्ने योजना बनाएको सुनाए । संस्थाका महासचिव दिपक रेग्मीले गरेको कार्यक्रममा संकल्प सेकोसका उपाध्यक्ष कृष्ण चन्द्र पोखरेल , स्वस्तिक साकोसका अध्यक्ष नरेन्द्र राना मगर ,शान्ती स्वरोजगारका अध्यक्ष कल्पना दाहाल,पूर्व सांसद तथा नेपाल सरकारको विकास तथा प्रविधी समिती सभापति श्री कल्याणि खड्का लगायतका अतिथिहरुको आतिथ्ता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!