पोखरा बिमान दुर्घटनामा निधन भएका प्रति गौरमा दिप प्रज्वलीत गरि श्रद्धाञ्जली अर्पण

पछिल्लाे समाचार

२०७९माघ ०१ गते

पोखरा बिमान दुर्घटनामा निधन भएका प्रति स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरूले आइतबार सांझ रौतहट सदरमुकाम गौरमा दिप प्रज्वलीत गरी श्रद्धाञ्जली अर्पण गरेका छन् ।

गौर स्थित प्रादेशिक अस्पताल अगाडि मैनबति बालेर दिप प्रज्वलीत गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । श्रद्धाञ्जली अर्पण कार्यक्रममा जसपा प्रदेश सदस्य तथा हाल प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हाशमी,प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण साह, रौतहट बार एसोसिएसनका अध्यक्ष नन्दकिशोर साह लगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधि, संचारकर्मीका साथै प्रादेशिक अस्पताल गौरका कर्मचारी समेतले मैनबती जलाई सोक व्यक्त गर्नुका साथै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

दुर्घटनामा परेर मृत्यु भएका सम्पुर्ण जनाको आत्माको चिर शान्तिको कामना गर्दै सोक सन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति भगवान पशुपतीनाथले प्रदान गरुन् भनी सबैले प्रार्थना गरेका छन् ।

स्मरणीयहोस् आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा दुर्घटना भएको थियो । विमानमा ६८ जना यात्रुसहित ४ जना चालक दलका सदस्य थिए । जसमध्य ६४ जनाको शव फेला परेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!