संकटमा रौतहटको बिर्ति प्रष्टोकाका नर्सरी व्यवसायी

पछिल्लाे समाचार

राैतहटमा बाेसाेकाे घ्यु बेच्ने सञ्चालनलाई कारवाहीकाे माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

राैतहट १८ माघ राैतहटमा बाेसाेकाे घ्यु उत्पादन गर्दै अाएकाे डेरीका सञ्चालनलाई कडा कारवाही गर्नु पर्ने...

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६फत्तेपुरमा १००८ कन्याद्वारा कलश यात्रा

रौतहट २०७९माघ १७ गते रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको...

रौतहटको बृन्दावन वनबाट एक युवक बेपत्ता

रौतहट १७ माघ  रौतहटको बृन्दावनबाट एक युवक बेपत्ता भएका छन । गत शनिबार माघ १४...

रौतहट प्रहरीद्वारा फुलतारा डेरीमा छापा ठूलो परिमाण अखाद्य बस्तु बरामद

रौतहट २०७९माघ१७ गते रौतहट, १७ माघ । गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा रौतहट...

जनता समाजवादी पार्टीको नगर स्तरीय संगठन विस्तार कार्यक्रम शनिबार सम्पन्न

स्मिथ रजक रौतहट १४ माघ रौतहटको देवाही गोनाहीमा जनता समाजवादी पार्टीको नगर स्तरीय संगठन विस्तार कार्यक्रम शनिबार सम्पन्न भएको...

२०७९माघ ०१ गते

रौतहटमा विरूवाहरू उचित मूल्यमा बिक्री नहुँदा नर्सरी व्यवसाय संकटमा पर्दै गएको छ । कटहरिया नगरपालिका वडा नम्बर ३ बिर्ति प्रष्टोकाका नर्सरी व्यवसायीहरू अहिले आर्थिक संकटको सामना गरिरहेका छन् । उनीहरु नर्सरी व्यवसाय छोडेर विस्थापित हुने अवस्था सृजना भएको छ ।

पहिला चलन चलतीमा रू५० मा बिक्री हुने बिरुवा अहिले २० देखि २५ रूपैयाँ बिक्री हुन थालेपछि नर्सरी व्यवसायीहरू मर्कामा परेका छन् । पहिला बिरुवा अधिकतम् ७५ रूपैयाँ सम्म पनि बिक्री हुन्थ्यो ,त्यति बेला नर्सरी पेशामा लागेकाहरू मनग्ये आम्दानी गर्थे । तर अहिले भने त्यस्तो अवस्था छैन् ।

गाउँको ९९ प्रतिशत मानिसहरू पहिला नर्सरी व्यवसाय गर्थे तर अहिले विरूवाको उचित मूल्य नपाउँदा आधि जतिले यो पेशा बाट निराश भइ अर्काे पेशा रोज्न बाध्य भएका छन् ।
दर्जनौं व्यवसायीले व्यवसायबाट पलायन हुने अवस्था आएको छ ।

बर्षाैंदेखि कटहरिया ३ बिर्ती प्रष्टोकामा दिलिप फलफूल नर्सरी सञ्चालन गर्दै आएका बिदयालाल रौनियारले नर्सरी व्यवसायमा बिरूवाको उचित मूल्य नमिल्दा चल्नै नसक्ने अवस्था आएको छ । उनले भने, ‘नर्सरी व्यवसायमा काम गर्ने कामदारहरूको पारिश्रमिक पुर्याउन समेत धौ–धौ भइरहेको छ,घाटा खाएर काम गर्नु पर्ने बाध्यता छ । हामी अब गर्ने के त? पेशा छोड्न पनि सकिदैन । हामी दोधारमा आइ पुग्या छौ? जिम्मेवार निकायले हाम्रो कुरा नसुनिदिएका कारण यस्तो समस्या आएको हो ।’

बिर्तिमा अधिकांश मानिसहरू नर्सरी व्यवसाय गर्छन् । उनीहरूलाई बिरुवा बेच्न पनि अहिले गाह्रो छ । देशमा तीन तहको सरकार छ । तर तिनै तहको सरकारले नर्सरी व्यवसायीको पीडा नबुझदा यस्तो अवस्था हुन पुगेको नर्सरी सञ्चालकहरूको गुणासो छ । खासगरी स्थानीय सरकारले यस प्रति विशेष ध्यानदिनु पर्ने हो । तर स्थानीय तहको ध्यान नै पुगेको छैन् । यदि सरकारले समयमा ध्यान नदिने हो भने नर्सरी व्यवसायी झन संकटमा पर्ने निश्चित छ ।

Advertisement

लोकप्रिय

राैतहटमा बाेसाेकाे घ्यु बेच्ने सञ्चालनलाई कारवाहीकाे माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

राैतहट १८ माघ राैतहटमा बाेसाेकाे घ्यु उत्पादन गर्दै अाएकाे डेरीका सञ्चालनलाई कडा कारवाही गर्नु पर्ने...

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६फत्तेपुरमा १००८ कन्याद्वारा कलश यात्रा

रौतहट २०७९माघ १७ गते रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको...

रौतहटको बृन्दावन वनबाट एक युवक बेपत्ता

रौतहट १७ माघ  रौतहटको बृन्दावनबाट एक युवक बेपत्ता भएका छन । गत शनिबार माघ १४...
error: Content is protected !!