बालक हत्यामा संलग्न दुई अभियुक्तलाई रौतहट प्रहरीद्वारा पक्राउ

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

रौतहट २०७९माघ ६ गते

रौतहट प्रहरीले ४१ दिनको सुक्ष्म अनुसन्धान पश्चात बालकलाई हत्या गर्ने दुई जना अभियुक्तलाई पक्राउ गर्न सफल भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रौतहट प्रहरीका एसपी विरबहादुर बुढा मगरले रौतहट जिल्लाको माधवनारायण नगरपालिका ८ पिप्राराजवाडा बस्ने जयकिशोर प्रसाद कुशवाहाको ९ बर्षिय छोरा आशनारायण प्रसाद कुशवाहालाई मंसिर २५ गते दिउसो ४ बजेको समयमा वेपत्ता भएका थिए ।

प्रहरीले निकै खोजतलास एवं शंकाष्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै गएपनि बालकको अत्तोपत्तो लागेन तर पुस १ गते दिउसो ४.४० बजेको समयमा गाँउ छेउमै रहेको वागमती नदीको पानीमा मृत अवस्थामा बालकको शव फेला परेपछि प्रहरीले स्पेशल टोली बनाएर गहन अनुसन्धान सुरु गरको एसपी मगरले पत्रकार सम्मेलनमा भने ।

प्रहरीको सुक्ष्म अनुसन्धानको क्रममा मृतकको वुवा जयकिशोर संग नातामा काका पर्ने जयराम महतो कोइरीको जग्गा सम्बन्धि पुरानो रिसिइवी रहेका थिए । सोही गाउँ बस्ने ३३ बर्षिय जयराम महतो कोइरीले आफना छिमेकी ३७ बर्षिय संजय राम संग मिलेर बालकको मुख थुनेर हत्या गरी बागमती नदीमा फालेको स्वीकारेपछि प्रहरीले दुबै जना विरुद्ध कत्र्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेपछि आज पिडकहरुलाई सार्वजनिक गरेको उनले भने ।

प्रहरीलाई अभियुक्त कोइरीले दिएको वयान अनुसार बालकलाई वेपत्ता पारेकै दिन राति गाउँ बाहिर रहेको गोठमा बाँधेर मुख थुनी हत्या गरे । गोठमै त्रिपालले बालकको शव छोपेर राखे । भोलीपल्ट मंसिर २६ गते राति १२ बजेको समयमा गोठबाट बालकको शव झिकेर परालको मुनी लुकाए । बालकलाई खोज्न दुबै अभियुक्तहरु उनका अभिभावक संगै दिनभरी जान्थे तर शव गनाउन थालेपछि २० गते राति बोरामा हालेर बागमती नदीमा फलेपछि पुस १ गते शव प्रहरीले बरामद गर्न सफल भएका थिए ।

अभियुक्तहरुले हत्यालाई वेपत्ताको रुपमा परिवर्तित गरेको हुँदा प्रहरीलाई अनुसन्धान गर्न विविध उपकरणहरुको प्रयोग गर्नुका साथै १५ जना भन्दा बढिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा दुबै अभियुक्तले अपराध गरेको स्वीकार्य गरेपछि उनीहरुले दिएको आधारमा दसिप्रमाणहरु फेला परेपछि प्रहरीले बास्तविक दोषिलाई पत्ता लगाउन सफल भएको एसपी मगरले स्पष्ट पारे। स्रोत :तराई टप

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!