रौतहटको ३ मधेश सहिद परिवारलाई अमेरिकाबाट प्रकाशभाईले गरे ब्ल्याकेट सहित खाद्यान्न सामाग्री सहयोग

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

अभिमनु पटेल- रौतहट, ०५ माघ ।

मधेश र मधेशीको हकअधिकारको लडाइँ देशकै ऐतिहासमा सबभन्दा ठूलो सडक देखि सदन सम्मको संघर्षिल २०७२ सालको आन्दोलनमा रौतहटमा ३ जना साहदत प्राप्त गरेको थियो ।

मधेश जनताले पाउने पर्ने अधिकार सुनिश्चित गर्न २०७२ सालको संविधानसभामा सबै मागलाई जसरी पनि सम्बोधन गर्नुपर्छ भनी मधेशी दलका नेताहरूको आह्वानमा सीमावर्ती क्षेत्रसँग जोडिएको मेचीदेखि महाकाली सम्मको लगभग अधिकांश जिल्लामा आन्दोलन चर्किएको थियो त्यसै क्रममा रौतहट जिल्लाको सदरमुकाम गौर स्थित दशगाजामा धरणाको रूप दिदै नेताहरूले जनताको साथ आन्दोलन अगाडि बढाएको थियो ।

त्यसै बेला सदरमुकाम गौर स्थित मधेश आन्दोलन ठूलो उग्ररूप लिएको थियो । मधेशी जनता र सरकारको अंग प्रहरीसँग दिनभरि ढुङ्गा, लाठी हानाहान हुन्थ्यो त्यसमा सर्वसाधारण जनताले आफ्नो कामको लागि सदरमुकाम गौर भएको हुनाले घरायसी समान खरिदबिक्री गर्न आउने गरेका थिए त्यसमा आन्दोलनमा रौतहट जिल्लाको ईशनाथ नपा वडा नं ४ मटिआ महुलिया निवासी राजकिशोर ठाकुर, राजपुर नपा ६ बलुवा निवासी शेख मैनुदिन र परोहा नपा ३ तेजापाकड निवासी शम्स शेख तबरेज आलम प्रहरीको गोलीबाट मृत्यु भएको थियो । उहाँहरूको घरको अवस्था धेरै दैनीय रहेको छ । मधेश प्रदेश सरकारले यो माघ ५ गते प्रदेशभरि बलिदानी दिवसको रूपमा आजको दिनमा सार्वजनिक बिदा दिएर विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ ।

वीर मधेशी सहिद पुत्रहरूको कारण आज देशमा संघीयता आउन सकेको छ यसलाई मधेशी समुदायले सधैं कालो दिनको दिएर ती सहिदलाई सम्झिने गरेको छ । २०६२/०६३ सालको प्रथम मधेश आन्दोलनमा परि सिरहा जिल्लाको प्रथम वीर मधेशी रमेश कुमार महतोको मृत्यु भएको थियो त्यसलाई मधेशी दलहरूले एउटा छुट्टै तरिकाले दुखद दिनको रूपमा रूपान्तर गरि मनाइएको छ ।

जनता समाजवादी पार्टी नेपाल तत्कालीन विधार्थी जिल्ला अध्यक्ष तथा फतुवा बिजयपुर नगरपालिका वडा नं ७ टेङ्गहा निवासी वैदेशिक रोजगारीको सिलसिलामा हाल बसोबास अमेरिकका गर्दै आइरहेका जयप्रकाश भाई मधेशीयाले प्रत्येक साल आजकै दिन ती सहिदका परिवारलाई आफ्नो निजी रकमबाट खाद्यान्न सामाग्री लत्ताकपडा, छोराछोरीलाई पढाउनको लागि रकम लगायतको सहयोग उपलब्ध कुनै न कुनै माध्यमले उहाँ गराइरहेका छन् ।

आज माघ ५ गते बिहीबारको दिन अमेरिकाबाट पठाएको रकमबाट गतवर्षमा राहत दिने क्रममा सहिद राजकिशोर ठाकुरको श्रीमती र आमाबाबुले आग्रह गर्नुभएको थियो कि अब आउने बेला एउटा गैस चुल्हो, गैस सैलेण्डर ल्याइदिनु होला भनेको विषयलाई युवा नेता प्रकाश भाई मधेशियाले एक थान ग्यास, एक थान चुल्हो, एक बोरा चामल, पाँच केजी दाल, एक लिटर खानेतेल र एक थान ब्ल्याकेट उपलब्ध गराइएका छन् । त्यस्तै शेख मैनुदिन र शम्स शेख तबरेज आलमको घरमा समेत पुगेर एक बोरा चामल, पाँच केजी दाल, एक लिटर खानेतेल र एक थान ब्ल्याकेट उपलब्ध गराइएका छन् ।

सहिद परिवारको सदस्यहरूले खाद्यान्न सामाग्री र अन्य समानहरू पाउदा धेरै हर्षित भई नयाँ-नयाँमा धेरै जना हेर्न आउथे अनि सहयोगको पनि कुरा गर्नु हुन्थ्यो तर आजभोलि कोही आउदैन प्रकाशभाई मधेशीया आफ्नो घर परिवारको चिन्ता गर्नुपर्ने ठाउँमा सधैं हाम्रो घरपरिवारको लागि सहयोग गर्दै आइरहेको छ उहाँको यो कार्यले हामीलाई जीवन जिउन एउटा प्रेरणा दिइन्छ भनी बताए । मधेस र मधेसीको हक अधिकारीको लागि देशमा विभिन्न आन्दोलनमा विरगती (सहादत )प्राप्त गरेको प्रती हरेक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाउदै आइरहेको छ ।
१६ औं बलिदानी दिवसको सम्झनामा उनि सहयोग गरेका छन् ।

सो राहत सामाग्री हस्तान्तरण गर्न उहाँको घरमा युवा पत्रकार अभिमनु कुमार पटेल, अरबिन्द कुमार यादव, हनुमत कुमार यादव, युवा नेता सतिश कुमार पटेल साथै समाजवादी विद्यार्थी युनियन रौतहटको अध्यक्ष धर्मेन्द्र यादव समेत पुगेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!