निजी बिधालयका शिक्षकहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी प्याब्सनको दुई दिने कार्यशाला गोष्ठि सुरु

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट ७,माघ

रौतहट । निजि बिद्यालयका शिक्षकहरुको पेसागत दक्षता, क्षमता अभिवृद्धि रौतहटको चन्द्रपुरमा दुई दिने कार्यशाला गोष्ठि सुरु भएको छ । प्याब्सन चन्द्रपुरको आयोजनामा परिवर्तीत समय सापेक्ष शिक्षकहरुलाई पनि अद्यावधिक गराई क्षमता अभिबृद्धि गराउने उद्धेश्यले दुई दिने कार्यशाला गोष्ठि आयोजना गरिएको हो । कार्यशालामा नगरभित्रका प्याब्सन अन्तर्गत पर्ने १३ निजि तथा सामुदायिक बिद्यालयका शिक्षकहरुको सहभागीता रहेको छ ।

कार्यशालाको समुद्घाटन पश्चात कार्यक्रममा बाल्दै प्रमुख अतिथी चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय काफ्लेले निजी विद्यालयलाई समेत मुल प्रवाहमा समेट्दै विभेद रहित शिक्षा निति ल्याउन पहल गर्ने प्रतिबद्धता जनाए । चन्द्रपुरको ए.एन प्लाजामा जारी कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै उनले सो प्रतिबद्धता जाहेर गरे ।

उनले आजको शिक्षाले नै बालबालिकाको भविष्य निर्धारण गर्नेहुदा विद्यालयको भौतिक मात्र नभएर नितिगत सुधार समेत आवश्यक रहेको जिकिर गरे । आवासिय विद्यालयको अवस्था समेत सन्तोष जनक नरहेको भन्दै विद्यालय र शिक्षाको नितिबारे समग्र नगरपालिका चिन्तित रहेको उनको कथन छ । मेयर काफ्लेले नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको स्तर उकास्नका लागि आवश्यक कदम चाल्ने बताउदै उचित सल्लाह, सुझाव दिन पनि शिक्षक तथा प्याब्सन प्रतिनिधीहरुलाई अनुरोध गरे ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्याब्सनका मधेश प्रदेश अध्यक्ष दिपक रेग्मिले समयसापेक्षा शिक्षा पद्धति परिमार्जन गर्दै जानुपर्नेमा जोड दिए । उनले शिक्षा प्रवाहमा शिक्षक नै मुल आधार भएकाले शिक्षकहरुमाथी बढि लगानीगर्नुपर्ने बताए ।

कार्यशालाको समुद्घाटन समारोहमा चन्द्रपुर नगरपालिकाका उपमेयर सरस्वती चौधरी, प्याब्सनका केन्द्रिय सचिव कुल बहादुर थापा, केन्द्रिय सदस्य शंकर साह लगाएत प्याब्सन अन्तर्गतका बिद्यालयका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । प्याब्सन चन्द्रपुरका अध्यक्ष लोक बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण माउण्ट एभरेष्ट आवाशिय विद्यालय चन्द्रपुरका प्रधानाध्यापक अच्युत हुमागाईले गरेका हुन् । कार्यशालामा पिएचडि होल्डर बासु सुवेदीले शिक्षकहरुलाई प्रशिक्षण दिईरहेका छन ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!