रौतहट प्रहरीद्वारा फुलतारा डेरीमा छापा ठूलो परिमाण अखाद्य बस्तु बरामद

पछिल्लाे समाचार

४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको मेयर कुर्मीद्वारा शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको...

गुजरा नगरपालिकामा तरकारी उत्पादन तथा व्यवस्थापन समबन्धि तालिम

रौतहट चैत ०९ गते रौतहट जिल्लाको गुजरा नगरपालिकामा किसानहरुको लागि तालिम सम्पन्न भएको छ ।...

रौतहटको राजपुर नगरपालिकामा एकै दिन पाँच वटा योजनाको शिलान्यास

रौतहट ,चैत ०८ गते रौतहटको दक्षिणी भेगमा रहेको राजपुर नगरपालिकामा बिहिवार एकैपटक पाँच वटा योजनाको आज शिलान्यास गरिएको छ...

कार्यपालिका सदस्यहरूको सर्लाही सञ्जाल गठन

हरिपुर (सर्लाही) चैत ८ गते सर्लाहीका विभिन्न पालिकामा आबद्ध कार्यपालिका सदस्यहरूको जिल्लास्तरीय सञ्जाल सन्तबहादुर विश्वकर्मा...

रौतहटको वृन्दावन नगरपालिकामा पाँच दलद्धारा रिलेअनसन१४ बुँदे माग

गरुडा,चैत ०७ गतेरौतहटको वृन्दावन नगरपालिकामा पाँच दलद्धारा रिलेअनसन सुरु भएको छ । नगर प्रमुख विनोद प्रसाद कुर्मीले प्रतिबद्धता...

रौतहट २०७९माघ१७ गते

रौतहट, १७ माघ । गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा रौतहट प्रहरीले छापा मारेर ठूलो परिमाणमा अखाद्य बस्तुहरु बरामद गरेका छन् ।गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्र टोलीले गौर नगरपालिका वडा नम्वर ५ पोखरीको पश्चिमी डिलमा रहेको फुलतारा डेरी उद्योेगमा मंगलवार छापा मारेका हुन् ।

भैंसी सहितका विभिन्न पशुको बोसोलाई मेशिनको मद्दतबाट घिउ बनाउन तयार पारिएका अखाद्य बस्तुहरु ठूलो परिमाणमा बरामद गरेको छ । उक्त कार्यमा संलग्न डेरीका संचालक राजपुर नगरपालिका वडा नम्वर १ भगवानपुर बस्ने हाल आफ्नै घरमा डेरी संचालन गरेका महम्मद मतिउल्लाहलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
संचालक मतिउल्लाह सहित त्यहाँ कार्यरत २ जना कामदार र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार सोधपुछको क्रममा भैंसी सहित विभिन्न पशुको बोसोबाट बनाइएको अखाद्य भारतबाट विभिन्न चोेर बाटो भएर नेपालमा भित्रयाइएको बुझिएको छ ।

उक्त डेरीमा अखाद्य पदार्थको प्रयोगबाट तयार पारिने घिउ गौर, काठमाडौं सहित मुलुकको विभिन्न भागमा सप्लाई गर्ने गरिएका थिए । अखाद्य पदार्थ मिसिएका घिउ, दुध, मिठाई लगायतका सामान किन्न ठूलो भिड हुने उक्त डेरीको कर्तुत थाहा भएपछि गौर नगरवसीहरु चकित भएको स्थानीय समाजसेवीहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगरले प्राप्त सुचनाको आधारमा प्रहरीले छामा मारेको स्वीकार्य गर्दै त्यहाँ बरामद भएको अखाद्य बस्तुहरुको परिक्षण गरिने तथा आवश्यक अनुसन्धान गरी कानुन बमोजिम संचालक सहित दाषिहरुलाई कारवाही गरिने बताए ।

खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय सर्लाही रौतहटलाई खवर गरिसकेको तथा सम्भवत बुधवार आएर त्यसको परिक्षण गरेर कारवाही प्रक्रिया अघि बढाइने छ ।यस विषयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मानव शरिरलाई हानी पुर्याउने खाद्य पदार्थमा अखाद्य बस्तुहरु मिसावट गरेर विक्री वितरण गर्दै आएको उजुरी परेपछि प्रहरी र प्रशासन कार्यालयका कर्मचारीको रोहवरमा फुलतारा डेरी उद्योगमा छापा मारिएको बताए ।

बरामद भएको बस्तुहरुको परिक्षण गरेर कानुन बमोजिम कारवाही हुने स्पष्ट पारे ।
स्मरणीय छ की, केही साता अघि यस्तै अखाद्य पदार्थ मिसिएका घिउ रौतहटको इशनाथ नगरपालिकाको मठियाबाट सशस्त्र प्रहरीले २७ वटा ड्रम बरामद गरेका थिए । उक्त अखाद्य घिउ फुलताराकै रहेको प्रहरी श्रोतले जनाएको छ ।स्रोत :तराई टप

Advertisement

लोकप्रिय

४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको मेयर कुर्मीद्वारा शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको...

गुजरा नगरपालिकामा तरकारी उत्पादन तथा व्यवस्थापन समबन्धि तालिम

रौतहट चैत ०९ गते रौतहट जिल्लाको गुजरा नगरपालिकामा किसानहरुको लागि तालिम सम्पन्न भएको छ ।...

रौतहटको राजपुर नगरपालिकामा एकै दिन पाँच वटा योजनाको शिलान्यास

रौतहट ,चैत ०८ गते रौतहटको दक्षिणी भेगमा रहेको राजपुर नगरपालिकामा बिहिवार एकैपटक पाँच वटा योजनाको आज शिलान्यास गरिएको छ...
error: Content is protected !!