राैतहटमा बाेसाेकाे घ्यु बेच्ने सञ्चालनलाई कारवाहीकाे माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पछिल्लाे समाचार

राैतहट १८ माघ

राैतहटमा बाेसाेकाे घ्यु उत्पादन गर्दै अाएकाे डेरीका सञ्चालनलाई कडा कारवाही गर्नु पर्ने मागसहित जिल्ला प्रशासन कार्यालय राैतहटमा ज्ञापन पत्र बुझाएका छन । राैतहटकाे गाैर नगरपालिकाकाे वडा नम्वर ५ मा सञ्चालनमा रहेकाे फुलतारा डेरी उद्योगले घ्यु उत्पादन गर्न पशुकाे बाेसाे तथा अावश्यक केमिकल्स प्रहरीले मंगलबार छापा मारी सञ्चालन सहित साे अखाद्य बस्तुहरु नियन्त्रणमा लिइएकाे थियाे । बुधबार
राैतहट विश्व हिन्दू परिषद नेपालले
जिल्ला प्रशासन कार्यालय गौर, रौतहट मार्फत प्रधानमन्त्री, गृहमन्त्री र खाद्यय प्रबिधि तथा गुण नियन्त्रण कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन ।
डेरी उधोगका सञ्चालन मो. समिम र मो. मोतिउल्लाहले घ्यू, दही, दुध लगायतको खाद्यान्न वस्तु तयार गर्न गाई र भैसीको बोसो प्रयोग गरि हिन्दू धर्म तथा सर्वसाधारण जनताको जीवनसँग खेलवाड गरेकोले कडाभन्दा कडा कार्वाही हुनु पर्नेमा उनीहरुले माग गरेका छन । नागरिककाे जिवनसंग खेलवाड गर्ने सञ्चालनलाई कुनै राजनीतिक चलखेल नगरी छानविन गरी दोषीलाई कडा कार्वाही गर्नु पर्ने बताएका छन । यदि विभिन्न बाहानामा कारवाही नगरेमा अाफुहरु कडा आन्दोलन गर्ने ज्ञापनपत्र मार्फत चेतावानी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!