जनता समाजवादी पार्टी नेपाल राजदेवी नगरपालिकाको नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट ,२५ माघ।

जनता समाजवादी पार्टी नेपाल राजदेवी नगरपालिकाको नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम भएको छ।जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समिती सदस्य एवं मदेश सरकारका समाजिक विकास राज्यमन्त्री शेख अब्बुल कलाम उर्फ फुलबाबुको प्रमुख अतिथिमा नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम भएको थियो।

बुधबारका दिन आयोजित नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रमबाट रौतहटमा जसपा नेपाल राजदेवी नगरपालिकाको नगर तदर्थ समिति गठन बिरेन्द्र प्रसाद यादवको अध्यक्षता २७ सदस्यीय समिती सर्वसहमत भएको थियो।

अध्यक्ष बिरेन्द्र प्रसाद यादव ,उपाध्यक्ष (धर्मेन्द्र गिरी,शोभा कुमारी यादव),सचिव विजय भगत माली,सह सचिव (गनिमहमद अंसारी,कौशल कुमार साह),कोषाध्यक्ष बिन्देश्वर साह,सदस्य सत्यनारायण दास,महेन्द्र राय यादव ,चन्दा देवी,शिव साह,बद्री साह,रमन पटेल, प्रदिप पटेल,नरेश भगत माली,राम अवतार महतो ,बिनोद गिरी,रामएकवाल माली,हरिशंकर पंडित,सुशिला देवी,अजय साह कानु,राजेन्द्र राय यादव,अविनास कुमार सिंह,नरसिम मली दोम,प्रमोद राय यादव,बैजु कापड लगायतका २७ सदस्यीय समिती गठन गरिएको छ।

उक्त कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल केन्द्रीय सदस्य एवं मदेश सरकारका पूर्व राज्यमन्त्री योगेन्द्र राय यादवले भने किसान ,मजदुरले इच्छा हुन्छ मेरो संतानले बिएड पास होस,सुब्बा ,खरिदार बनोस।आफुभन्दा बढी विकास छोराछोरीमा होस् त्यो सपना आमाबुबाले बोकेको हुन्छ ।यसको रक्षाको लागि साथै पूरा गराउन जनता समाजवादी पार्टी नेपालले लडाई लडदै आइरहेको उनले बताए।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहट मा जादा सिडिओ एसपीको पदमा पहाडी भेगका व्यक्तिमात्र भेटने गरेको पाइन्छ तमाम आदरणीय नेताकार्यकर्ताहरुलाई थाहै होला ।तर अब संघियता देशमा लागू देखि देशमा बस्ने सम्पूर्ण जातजाति पहिचान झल्कने गरि समानुपातिक समावेशी गराई कोटा सुरक्षीत गरिएको उनले बताए ।

सुरुवात भइ सकेको छ कोरोना कालको बेला रौतहटको सिडिओ ईन्द्रदेव यादव थियो भने अहिले धर्मेन्द्र कुमार मिश्रको आगवन भएको उनले तर्क राखेका थिए।अब करिब एक दशक भित्रमा त्यस्तो निकायको पदमा जनजाती ,मुस्लिम,थारु ,आदिवासी ,मधेसी ,दलितको छोराछोरीहरु आउनेछ।यसको लडाइँ जनता समाजवादी पार्टी नेपालले करिब १७ वर्ष देखि लडिरहेको राजनीतिक उपलब्धि (संघियता र समानुपातिक समावेशी )माथी खतरा रहेकोमा यसलाई रक्षा गर्न जस्तो सुकै कदम चाल्न तयार रहेको उनले बताए।

जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समिती सदस्य एवं मदेश सरकारका समाजिक विकास मन्त्रालय राज्यमन्त्री शेख अब्बुल कलाम अजाद उर्फ फूलबाबुले भने पार्टीलाई पूर्व र पश्चिम तर्फबाट खतरा छ,उसको जवाफ दिन संगठन चुस्तदुरुस बनाई पार्टीलाई मजबुत बनाउनु जरुरी भएको राज्यमन्त्री अब्बुलले तर्क राखेका थिए।
मदेशको पार्टी मात्र जनता समाजवादी पार्टी नेपाल पहिला थियो अब बहिरुपियाहरुले जनता भ्रम पैदा गर्न गरेको ,पूर्व तिर रहेको पार्टी र पश्चिम तिर रहेको पार्टीलाई इंगित गर्दै राज्यमन्त्री अजादले भनेका थिए।

संघियता स्थापित गराउने जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव हो।मधेश लगायतका हक अधिकारी दिलाउने जसपा नेपाल हुन्छन् ,आरक्षण सिट निर्धारण गराउनेलाई चुनावमा मत नदिने कोटा काट्ने कांग्रेस ,कम्युनिस्टलाई प्रतिनिधि बनाई पठाउने गरेको प्रती दुख पोखे।मुस्लिम समुदायको ईद बकरीद ,रमजान आदि पर्वमा काङ्ग्रेस कम्युनिस्टले कहिये विदा दिलाएको छैन जनता समाजवादी पार्टी नेपालले सार्वजनिक विदा दिलाउदै आएको उनले जानकारी गराएका थिए।

मुस्लिम समुदायको पर्वमा सार्वजनिक विदा विदेशका नागरिक भन्छ नेपालमा पनि मुस्लिमहरु छन् ,पहिचान र अधिकार दिलाउने जनता समाजवादी पार्टी नेपाल नै रहेको राज्यमन्त्री अब्बुलले बताए।मधेसी आदिवासी मुस्लिम जनजाती थारु दलितको हक अधिकार पहिचान सुनिश्चित गराउने जनता समाजवादी पार्टी नेपाल रहेको आउने दिनमा पनि थप हक अधिकारको लडाई लडिरहेको उनले बताए।

कार्यक्रम जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला समन्वय समिती अध्यक्ष श्याम विहारी यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।नगर स्तरीय अगुवा नेता कार्यकर्ता भेला कार्यक्रममा केन्द्रीय सदस्य किरण ठाकुर,केन्द्रीय सदस्य मिश्रीलाल यादव,मधेश प्रदेश समिति सदस्य एवं जिल्ला ईन्चार्ज राम आशिष राय यादव,मधेश प्रदेश सदस्य कलाम आलम,संविधान सभा सदस्य रम्भा देवी यादव,माधव नारायण नगरपालिका नगर तदर्थ समिती अध्यक्ष एवं माधव नारायण नगरपालिकाको प्रथम मेयर विरेन्द्र प्रसाद यादव,माधव नारायण नगरपालिका नगर तदर्थ समिती उपाध्यक्ष एवं माधव नारायण नगरपालिका रौतहटको उपमेयर निर्मला रमन तथा कार्यक्रम संचालन जसपा रौतहट सदस्य मदन यादवले गरेका थिए।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!