रौतहट उधोग वाणिज्य संघद्वारा ३दिन बजार बन्द गर्ने घोषणा

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट २०७९माघ २६ गते

रौतहट ,२६ माघ ।स्थानीय प्रशासनको व्यवसायीक वातावरणमा बाधा अडचन जस्ता गरेको गतिविधि तथा सरकरको नीति विरुद्धमा व्यवसायीहरुको संघले रौतहट जिल्ला भरीका बजार बन्द गर्ने घोषणा गरेको छ।

रौतहट उधोग वाणिज्य संघको सभा हलमा बिहीबारका दिन उधोगी व्यवसायीहरुको व्यवसायीक वातावरणमा अवरोध गर्ने गतिविधिको विरुद्धमा तथा यसबाट श्रीजित विभिन्न समस्याहरु आइपरेकोलाई समाधान गरि सुव्यवस्थामा ल्याउन व्यवसायीहरुको छलफल बैठक एक कार्यक्रम बिच सम्पन्न भएको छ।

रौतहट उद्योग वाणिज्य संघ गौरले दुई दिन अघि सम्पूर्ण उधोगी व्यवसायीहरुको व्यवसायीक वातावरण सम्बन्धि विभिन्न समस्याहरु समाधान गरि बजारलाई सु-व्यवस्थित बनाउन माघ २६ गते बिहीबारका दिन आफ्नै सभा हलमा छलफल कार्यक्रम आयोजना गरिएको रौतहट उधोग वाणिज्य संघको फेसबूक आईडीबाट रौतहट जिल्ला भरिका तमाम उधोगी व्यवसायीहरुलाई अनिवार्य उपस्तिथिको लागी सुसूचित गराइएको थियो।साथै रौतहट जिल्लाका हरेक बजार स्थित माइकिंग गराईएको थियो।

केही दिन यता रौतहट जिल्ला स्थितका स्थानीय प्रशासन तथा विभिन्न निकायबाट बजार अनुगमनको नाउमा उधोगी व्यवसायीहरुलाई त्रसित पार्ने काम गर्न गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।व्यवसाय फस्टाउन कुनै नीति नियम तथा आयात गरि ल्याउने समेतको सेवा सुविधा सरकारले व्यवस्थापन गर्नुको सटा आर्थिक नीति ल्याएको प्रती रौतहट उधोग वाणिज्य संघ गौरको अध्यक्ष पंडित प्रसाद जैशवालले भने राज्यले सौतेला व्यवहार गरेको बताए।सम्पूर्ण उधोगी व्यवसायीहरुले कर तिर्ने गर्न गरेको ,देश निर्माणमा अहमभुमिका खेलिरहेकै हो ।

व्यवसायीहरुलाई थप मनोबल उकास्ने नीति ल्याउनुपर्नेमा आर्थिक नीति ल्याउनु व्यवसायीक क्षेत्रबाट पलायन हुन बाध्य बनाउनु हो।रौतहटको सदरमुकाम गौर स्थितका गौर भन्सार कार्यालयबाट खाद्यान्न समाग्रीहरु आयात गरि ल्याउने व्यवस्था समेत न भएको यहाँका उधोगी व्यवसायीहरु थप मर्कामा परेको साथै साह्रै पिडित बनेका छन् ।व्यवसायको अवस्था निकै कमजोर दयनीय स्थितिमा पुगिसकेको हो।हाल नेपाल सरकारले ल्याएको आर्थिक नितिले गरेको अव्यवहारी व्याज वृद्धिबाट पीडित व्यवसायीहरुको व्यवसायीक वातावरणमा समेत अवरोध भएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको यस विज्ञप्तिमा उल्लेख गरिएको छ।

अत:यी सबैकुराहरु ध्यानमा राखी माघ २६ गते देखि २९ गते सम्म (अति आवश्यक सेवाहरु बाहेक)बजार बन्द गर्ने सबैमा जानकारी गराएको रौतहट उधोग वाणिज्य संघको अध्यक्ष पंडित जैशवाल र महासचिव रबिन्द्रनाथ गोपालीको संयुक्त हस्ताक्षर सहितको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।भयत्रासमा रहि व्यावसायिक वातावरण फस्टाउन नसक्ने अवस्थामा उधोगी व्यापारीहरु पुगिसकेको छ।
रौतहटका व्यवसायीहरुले सदरमुकाम गौर स्थितिका बजार परिक्रमा गरि व्यापारी एकता जिन्दावाद जस्ता नारा सहित प्रदर्शन गरेका थिए भने बजार बन्दको आह्वान गरिएको थियो।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!