गैडाटारको जनहितले बालशिक्षकको दरबन्दि राख्यो गुपछुप

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट २९ माघ
चन्द्रनिगाहपुरको गैडाटारस्थित एक सामुदायिक विद्यालयको बालविकास कोटा नै गुपछुप राखेको आरोप लागेको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारस्थित जनहित सामुदायिक आधारभुत विद्यालयका प्रधानाध्यापक विर बहादुर विकले गुपछुप मै राखेको छ ।

विकले गत महिना पुसमा आफ्नै श्रीमति नियुक्त गरेपछि स्थानियले सो विद्यालयलमा ताला लगाएका थिए । स्थानिय प्रहरी , वडा अध्यक्ष बोधनाथ देवकोटाको रोहवरमा तत्काल नै सो ताला खोलिएको थियो । त्यसपछि तत्काल नै विद्यालय ब्यवस्थापन समितिको बैठक बसि प्रधानाध्यापक विकको श्रीमति नियुक्ति बदर गरेको थियो । मिति २०७९ मंसिर २१ गते नै विद्यालय ब्यवस्थापन समितिले प्रअ विकको श्रीमतिलाई नियुक्ति दिने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा चन्द्रपुर नगरपालिका शिक्षा शाखाले मिति २०७९ मंसिर २५ गतेको चलानी नम्बर ७३ ले अभिलेख समेत गुपछुपमा नै कायम गराएका थिए ।

स्थानियले विद्यालय ब्यबस्थापन समिति , प्रधानाध्यापक र शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलको मिलोमतोमा गुपछुप वाल शिक्षक नियुक्ति गरेको थाहा पाएपछि चर्को बिरोध जनाउदै ताला बन्द गरेको थियो । सो नियुक्ति बदर गर्ने निर्णय गरेको एक महिना हुदासम्म बाल शिक्षक नियुक्तिमा कुनै प्रक्रिया शुरु नगर्दा पुन भित्रि रुपमा गुपछुप मै नियुक्ति गर्ने हो कि भन्ने स्थानियले आशांका गरेका छन । हाल बालशिक्षिका नहुदा विद्यालयमा पठनपाठनमा समेत असर पर्न थालेको छ ।

बाल कक्षा र १ कक्षाका विद्यार्थीहरुलाई एउटै कक्षा कोठामा अध्यापन गराउदा लेबल नमिल्नुका साथै अध्यापन गराउने विषयबस्तु समेत फरक पर्ने हुदा निकै असहज भएको एक शिक्षकले तराई पोष्टलाई बताउनु भयो ।

एक ताका सोही विद्यालय रौतहट जिल्लाको नमुना विद्यालयको रुपमा परिचित रहेको थियो तर हाल सो विद्यालयमा विद्यार्थीको अनुशासन ,पढाइको स्तर , विद्यार्थीहरुको क्रियाकलाप लगायत सम्पुर्ण पक्षहरु लथालिंग भएको सोही विद्यालयका विद्यार्थी तथा शिक्षकहरु स्वयमले सार्वजनिक स्थलहरुमा समेत गुनासो गर्दै आएका छन । बालशिक्षकको नियुक्तिमा पुन पहिलाको खेल गरेको भए स्थानियले कडा रुपमा बिरोध गर्ने स्थानियले बताएका छन ।

तत्काल विज्ञापन खुल्ला गरि बालशिक्षक नियुक्ति गर्नु पर्नेमा उनीहरुले माग गरेका छन ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!