वृन्दावनमा झड़प हुँदा ६ जना घाइते, प्रशासन संग मिलेर विपक्षीले हम्ला गरेको मेयर कुर्मीको आरोप

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट, २९ माघ । रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर १ रमौली घाटमा झड़प हुँदा ६ जना घाइते भएका छन ।

नदि जन्य बस्तु उत्खन्नको लागि ठेक्का गर्नु पर्ने बिषयमा नेपाली कांग्रेस र सत्ता पक्ष नेकपा एकिकृत समाजबादीको समर्थक बीच भएको झड़पमा परि २ जना कांग्रेसका कार्यकर्ता र ४ जना नगरपालिकाका कर्मचारी घाइते भएका हुन ।

झड़पमा परि घाइते हुनेमा कर्मचारीहरु दिलिप पटेल, जय प्रकाश सहनी, राम नारायण पटेल, रामबिनय पटेल तथा कांग्रेसका समर्थक बिरेन्द्र यादव र राम पुकार साह रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

नगर प्रमुख विनोद प्रसाद कुर्मीले प्रहरी प्रशासनको इशारामा प्रतिपक्षी दलका कार्यकर्ताहरुले आक्रमण गरेको दावी गरेका छन ।

बागमती नदीको रमौली घाटबाट नदीजन्य पदार्थ ढुंगा, बालुवा तथा गिट्टि उत्खन्न गर्न ठेक्का लगाउन खोज्दा विपक्षी दलले अबरोध गर्दै आएको भन्दै मेयर कुर्मीले अमान्तमा कर असुली गर्न लाग्दा पुर्व नगर प्रमुख राम स्नेही यादव, वडा अध्यक्ष श्याम नन्दन यादव, एमालेका प्रेम शंकर यादव, राम प्रसाद पटेल, सिकिन्दर पटेल मिलेर कर्मचारी माथि आक्रमण गरेको आरोप लगाए ।

घटना पछि पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर कुर्मीले विपक्षी दलका नेताहरु भ्रष्टाचार गर्न खोज्दा आफुले रोकेपछि उनिहरु प्रशासन संग मिलेर हमला गरेको बताए ।

घटना हुनु पुर्व प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख लाइ सुचना दिदा पनि कुनै वास्ता नगरेको नगर प्रमुखले आरोप लगाएका छन ।

विपक्षी दल कांग्रेस, एमाले र माओवादीका नेताहरु आफुहरुसंग बलजबरजस्ती निहु खोजी घटना घटाउन जोखेको आफुले सुचना पाउने वित्तिकै जिल्लाका सुरक्षा निकायका प्रमुखरुलाई खबर गरेको भएपनि सुरक्षा निकायका प्रमुख समयमा एक्सन नलिएका कारण झडप भएको मेयर कुर्मीले आरोप लगाए ।

प्रहरी प्रशासनले विपक्षी दलसंग मिलेर सुनियोजित तरिकाले आफुहरुमाथी हम्ला गराएको उनले बताए ।

घटना हुँदा पनि प्रहरी प्रशासन समयमा आउन नसकेकोले प्रशासनको समर्थन र सहयोगमा कांग्रेस, एमाले, नेकपा माओवादीका कार्यकर्ताहरुले आक्रमण गरेको मेयर कुमी्र्रको दावी छ ।

नगर प्रमुख कुर्मीले घटनामा संलग्न दोषीहरुमाथि प्रशासनले कार्यवाही नगरेसम्म नगरपालिकाको काम काज बन्द गरि प्रसाशन विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!