राैतहटका एक पत्रकार अलपत्र पुल यथासिघ्र निर्माण गर्न माग गर्दै साेमबारबाट अनसनमा बसे

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

राैतहट १ फागुन
राैतहटका एक पत्रकार अलपत्र पुल यथासिघ्र निर्माण गर्न माग गर्दै साेमबारबाट अनसन बसेका छन । रौतहटकाे गौर -टिकुलिया लालबकैया खोलामा पप्पु कन्ट्रक्सनले अलपत्र परेको अधुरो लालबकैयाको पुललाई यथा शिघ्र निर्माणका लागि लालबकैया खोलाको बगरमा नेपाल पत्रकमर महासंघ राैतहटका सहसचिव संजय सहनी सोमबार ७ बेलुकीबाट आमरन अनसन बस्नु भएकाे छ ।

अनसन शुरु गर्नु पुर्व सहनीले अाफ्नाे अभियानलाई सकारात्मक सोचका साथ हेरि दिन र निस्वार्थ ढंगले सहयोग गर्न समेत अनुराेध समेत गर्नु भएकाे छ । उहाले आमरण अनसनबाटै मुलुकका सम्मानिय प्रधानमन्त्री ,पुर्व प्रधानमन्त्री ,मन्त्री ,सभामुख,पुर्व मन्त्री,मुख्य मन्त्री ,सभामुख ,संसद ,पुर्व सांसद ,स्थानीय तह प्रमुख एवं सरोकारवाला सम्पुर्णमा सम्बाेधन समेत गर्नु भयाे ।

याे अनसन अाफ्नाे मात्रै नभएर सम्पुर्ण गौर नपा र ईशनाथ बासी सहित सिङ्गो रौतहट जिल्लाकाे रहने उहाले बताउनु भएकाे छ । तराईको चिसोको बाबजुद हामीले भोग्दै आएका पीडा र दु:खलाई सुनाउन र सरकार तपाईं सम्म पुर्याउन तथा समस्याको सामाधान गर्न घर छाडेर सुनसान बकैया खोलाको बगरमा अन्न पानी त्यागेर आमरन अनसन बस्न बिवस भएको सहनीकाे भनाई रहेकाे छ । रौतहटको ईशनाथ र गौर नगरपालिका जोड्ने पुल सम्झौता गरेको १० बर्स पुग्न लाग्दा समेत निर्माण सम्पन्न नभई अलपत्र परेको छ ।

गौर र ईशनाथका जनताले पुल नहुँदा डुंगा दुर्घटनामा परि दर्जनौं आमा बुबा दिदी बहिनीले ज्यान समेत गुमिसकेकाे छ । सहनी नेपाल सरकार समक्ष सहनीले पुल अलपत्र हुनु कारण के होला हामीलाई बुझाई दिनु होला । यसको दोसि को त ?निर्माणका जिम्मा लिएर पुलमा गुणस्तर हिन सामाग्री प्रयोग गरि अलपत्र पारी भाग्ने पप्पु कन्स्ट्रक्सन कि सरकार ? यदि सरकार दोसि होइन भने लापरबाही गर्ने ठेक्का कम्पनी पप्पु कन्स्ट्रक्सनलाई सरकारबाट संरक्षण किन ? अनि जेलमा कोच्नुको सट्टा पप्पुका मालिक हरिनारायण रौनियारलाई सांसद पद दिएर ,दर्जनौं ठेक्का दिएर मान संम्मान किन ?देश भरको सबै ठेक्का रद्द गर्न किन आना कानी?? जस्ता प्रश्नहरु गरेका छन ।

साे पुलकाे पप्पु कन्ट्रकसनले २०७१ सालमा सम्झौता गर्दा ०७४ माघ २९ मा काम सम्पन्न गर्ने तय भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौर–औरैया जोड्ने लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७।२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरिएको थियो । लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम १४ करोड ९३ लाखमा टेन्डर सकार गरेर ३ वर्षभित्र निर्माण काम पूरा गर्ने पप्पु कन्स्ट्रक्सनले जनाएको थियो ।

पुलको पश्चिमतिरको दुईवटा गडरको काम भए पनि गुणस्तरहीन भएको सडक डिभिजनको ठहर छ । पप्पुले गरेको जालसाजी बारे थाह हुँदा हुँदै उ सङ टेन्डर खोसेर मात्रै भयो त ? उसको कारणले पुल निर्माण कति बर्स धकेलियो ?पप्पु संग क्षतिपुर्ति लिएर पुल निर्माण गर्ने कि पुनः रास्ट्रीय ढुकुटी रितो गर्न अर्को टेन्डर आह्वान गर्ने ? छिमेकी मुलुकको लोनको चपेटामा परेको मुलुकले पप्पुले गरेको गल्तीमा लगानी गर्दा ठिक होला त??? सहनीले अाफ्नाे ज्यान गए केहि फरक नपर्ने अाफु नहरेपनि अाफ्नाे सन्तती र इशनाथ र गौर नगरपालिकाको आमाबुबा, दिदी बहिनी र दाजु भाईले पुलबाट ओहोरदोहोर गर्न पाउनु पर्ने माग गर्नु भएकाे छ । पुल निर्माणमा सरकारले कटिबद्ध नरहनेसम्म अाफ्नाे अनसनले निरन्तरता पाउने उहाकाे भनाई रहेकाे छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!