रौतहटको गरुडा न.पाका दुईवटा मावि बिधालयद्वारा अनिश्चितकालका लागि पठनपाठन बन्द गर्ने निर्णय

पछिल्लाे समाचार

२०७९माध २९ गते

रौतहट जिल्लाको मध्य भागमा रहेको दुईवटा मावि द्धारा अनिश्चितकालका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ । आज ती माध्यमिक विधालयहरुले अनिश्चितकालीन रुपमा पठन पाठन बन्द गर्ने निर्णय गरेका छन ।

नगरपालिकाले लामो समय देखि रोक्का गरेको बैंक खाता फुकुवा नभए पेनडाउन गर्ने चेतावनी दिएका हुन । खाता फुकुवा नभएपछि विधालयमा कार्यरत शिक्षक÷ कर्मचारीलाई तलब खुवाउन समस्या भएको भन्दै खाता फुकुवा गर्न माग गरिको छ ।
फुकुवा नगरे यही फागुन २ गते देखि पेनडाउन गर्ने शिक्षक कर्मचारीको बैठकले निर्णय गरेका हुन । खाता फुकुवाका लागि नगरप्रमुख कन्थमणी प्रसाद जयसवाललाई पटक पटक अनुरोध गरे पनि सुनुवाइ नभए पछि पेनडाउन गर्नु परेको माध्यमिक विधालय गरुडाका प्रधानाध्यापक प्रभु पटेलले बताए ।

आइतवार यस सम्बन्धमा नगर प्रमुख जयसवाललाइ ज्ञापनपत्र बुझाइएको श्री मावि श्रीपुरका प्रधानाध्यापक रामआधार पासवानले जानकारी दिएका हुन् । खाता फुकुवा नहुँदा भोग्दै आएको समस्यालाई लिएर शिक्षक÷ कर्मचारीको बैठकबाट वाध्य भई पेनडाउन गर्ने निर्णय गर्नु परेको उनले बताए ।

यसै बिच माध्यमिक विधालय गरुडामा कार्यरत शिक्षक÷ कर्मचारीको आईतबार बसेको बैठकले समेत पेनडाउन गर्ने निर्णय गरेको प्रधानाध्यापक प्रभु पटेलले बताएका छन । नगरपालिकालाई बझाईएको ज्ञापन पत्रको ब्यहोरा जिल्ला प्रशासन कार्यालय रौतहट लगायतका सुरक्षा निकायलाई पहलका लागि सम्बन्धित विधालयले बोधार्थ समेत गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!