गैडाटारका स्थानियले डिभिजन सडक कार्यलय चन्द्रनिगापुर घेराउ गर्ने चेतावानी

पछिल्लाे समाचार

राैतहट ५ फागुन

चन्द्रपुरका एक वडा अध्यक्षले गैडाटार अावतजावत गर्ने पुल निर्माणकमे काम तत्काल शुरु नगरे डिभिजन सडक कार्यालय घेराउ गर्ने चेतावानी दिएका छन ।

शुक्रबार चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ३ का वडा अध्यक्ष बाेधनाथ देवकाेटा फागुन ९ गतेभित्र पुलकाे दुबैतर्फबाट पर्याप्त सामग्रीसहित मजदुर राखेर कामलाई तिब्रता नदिए फागुन १० गते डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुर घेराउ गर्ने घाेषणा गर्नु भएकाे छ । देवकाेटाले तोकिएको समयसम्मा पनि पुल निर्माण गर्न नसक्ने ठेकेदार कम्पनीलाई विरुद्ध कडा रुपमा प्रस्तुत हुने बताउनु भयाे ।

पुल निर्माणस्थल चादी नदिमा ठेकेदार कम्पनीका तर्फबाट दयाराम साह, डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा साह,स्थानीय भद्रभलादमीको रोहवरमा शुक्रबार पुल निर्माण स्थलमा छलफल भएकाे थियाे । साेही क्रममा वडा अध्यक्ष देवकोटाले पुल निर्माण कार्य ढिलाई भएका कारण गैडाटारवासीले हरेक बर्ष आफ्ना आफन्त गुमाउनु परेको पीडा पोख्नु भएकाे थियाे ।

तोकिएको समयमा निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले लापरवाही गरेका कारण हालसम्म गैडाटारवासीले दुःख भोग्नु परेकोले बताउनु हुँदै गैडाटारवासी जनताको धैर्यताको बाध टुटेको जिकिर गर्नु भएकाे थियाे । २०७२ सालमा निर्माण गर्ने जिम्मा लिएको पप्पु शिवशंकर जेभि गरुडाले ३ बर्षभित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का लिएर निर्माण शुरु गरेको उक्त पुल विभिन्न कारण देखाउदै काममा ढिलासुस्ती गरेको थियो ।

विभिन्न बहानामा ढिलासुस्तीले गर्दा गैडाटारवासी हरेक बर्षको बर्षामा विपतमा पर्दा चन्द्रपुरसम्म आइपुग्ने बैकल्पिक बाटो नहुदा समस्यामा पर्ने गरेको भएपनि यस तर्फ कसैले पनि ध्यान नदिएकाे वडा अध्यक्ष देवकाेटाले बताएका थिए । ठेकेदार कम्पनीले फागुन ९ गतेभित्र उपकरण सहित दक्ष जनशक्ति, आवश्यक सामाग्री उपलब्ध गरि पुलको दुवै तर्फबाट काम शुरु गरेर वार्ताको टेवलमा आए काम गर्ने

बातावरणका लागि आफुहरु पनि तयार रहेको बताउनुहुदै वडा अध्यक्ष देवकोटाले सो अवधिमा ठेकेदार कम्पनीले काम शुरु नगरे फागुन १० गते १० बजे डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुर उक्त ठेकेदार कम्पनीसंग सम्झौता तोड्दै नया ठेक्का प्रक्रियामा अगाडि नगए डिभिजन सडक कार्यालय घेराउ गर्नुका साथै पुर्व पश्चिम राजमार्ग समेत अनिश्चितकालको लागि बन्द गर्ने सम्ममा गैडाटावासी पुगेकाे जनाउनु भयाे ।

गैडाटावासीलाई संघर्षकाे त्याे अवस्थालाई पुर्याउने काम नगर्न र तत्काल काम अगाडि बढाउन स्थनियले आग्रह गर्नु भयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!