चन्द्रपुर नगरपालिकालाई टेर्दैनन् फुटपाथ व्यापारीले

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

मुकेश कुमार साह

२०७८फागुन ८गते

चन्द्रनिगाहपुरको मुख्य चौक र बजार क्षेत्रका फुटपाथ अतिक्रमण गरेर ब्यबसाय सञ्चालन गर्ने क्रम बढ्दै गएको छ । चन्द्रपुर नगरपालिकामा रहेका दुबै राजमार्गहरुको दायाँबाँयाको क्षेत्र अतिक्रमण गरेर संरचनाहरु बनाइएका छन् भने सडकमै ठेला राखेर गरिने फलफुल, तरकारी, चटपटे लगायतका व्यवसाय पनि निर्धक्क रुपमा संचालन गर्ने गरेका छन् ।

फुटपाथ ब्यापारी अटेरी बन्दा दुर्घटनाको समेत उच्च जोखिम देखिएको छ। अतिक्रमित संरचनाहरु हटाएर सडक क्षेत्र खाली गराउन स्थानीय सरोकारवाला निकायले पटक–पटक प्रयास गरेपनि खाली गराउन सकेको छैन् । गएको भाद्र १९ गते इलाका प्रहरी कार्यालय चन्द्रपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट, चन्द्रपुर नगर उद्योग वाणिज्य संघ, डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रतिनिधी तथा चन्द्रपुरका विभिन्न वडाका वडाध्यक्षहरु लगायतको उपस्थितिमा बैठक बसी ७ दिनको समयसिमा दिएर अतिक्रमित फुटपाथ हटाउन भनिएको थियो ।

चन्द्रपुर नगरपालिकामा बसेको सरोकारवालाहरुको बैठकले पूर्व–पश्चिम राजमार्गको दाँयाबाँया २५ मिटर र गौर–चन्द्रनिगाहपुर राजमार्ग दाँयाबाँया १५ मिटर खाली गराउने निर्णय गरिएको थियो । अतिक्रमित फुटपाथ केहि समय खालि गरिएपनि केही दिन पछि पुनः जस्ताको भएको छ । पटक पटक सरोकारवाला निकाय संग समन्वय र सहकार्य गर्दा पनि केहि दिन पछि पुन: जस्ताको त्यस्तै हुने गरेको भन्दै चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय सापकोटाले चिन्ता व्यक्त गरेको छन ।

फुटपाथ अतिक्रमण नगर्न पटकपटक आग्रह गर्दा पनि व्यापारीहरुले अटेरी गरेको उनले बताए । ‘त्यसरी फुटपाथमा सामान राखेर बेच्ने ब्यापारीहरुलाई हामीले त्यस्तो नगर्न आग्रह गरी रहेका छौँ तर हामीले भनेको टेर्दैनन्’ उनले भने, ‘त्यसैले यसमा नगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएमा हामी पनि सहयोग गर्ने थियौँ ।’
फुटपाथ अतिक्रमण भइरहदा चन्द्रपुर नगरपालिका र स्थानीय प्रशासन भने मौन देखिएको आरोप लगाउछन स्थानीय । नगरपालिकामा जनप्रतिनिधि आएपछि फुटपाथ अतिक्रमण रोकिने आशा गरिए पनि उनीहरुले उल्टै ब्यापारीलाई संरक्षण गर्ने गरेको स्थानीयको आरोप छ ।

‘पैदल यात्री हिड्नका लागि बनाइएको फुटपाथमा ब्यापारीको सामान हुन्छ,’ चन्द्रनिगाहपुर मेन चौकमा हिँडिरहेका पैदलयात्रु नकुल शर्मा फुयालले भने, ‘नगरलाई ब्यवस्थित गर्ने बाचा खाएका जनप्रतिनिधिलाई कुनै चासो र चिन्ता छैन ।’

‘रोडको छेउछाउ ितर जताततै बाइक र बस पार्किङ गर्छन् । कतै सामान बेच्न राखेका हुन्छन् ।’ फुटपाथ अतिक्रमण भएपछि सडकबाट हिड्नु परेको उनको गुनासो छ । ‘मान्छे हिड्ने फुटपाथमा ब्यापारीले सामान राख्छन्’, उनले भने , ‘अनि गाडीवालाले गाडी पार्किङ गर्ने गर्दा हिँड्नै अप्ठ्यारो छ ।

प्रायजसो हार्डवयर तथा कपडा ब्यबसायीले फुटपाथसम्म सर सामान राख्ने तथा नाङलो, ठेला, फलफूल पसल पनि फुटपाथमा नै सञ्चालन हुदा बजारको सौन्दर्यमा ह्रास आउनुका साथै पैदल यात्रुलाई समस्या रहेको छ । पैदलयात्रु सडकमा नै हिड्नुपर्दा दुर्घटनाको जोखिम बढि भएकाले पनि फुटपाथ ब्यबस्थित बनाउनु पर्ने स्थानियहरुको माग रहेको छ ।

सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा तथा सवारी पार्किङ गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले नगरपालिका यस तर्फ गम्भीर हुन् जरुरी रहेको रास्पाका मधेश प्रदेश सदस्य नबिन प्रसाद चौरसियाले बताए । यता व्यापारीहरुले सडकमा पसल लगाए बापत भाडा तिर्ने गरेको बताउँछन् ।

कोहीले अगाडिको सटरवालालाई भाडा तिर्ने गरेका छन् भने कोहीले घरबेटीलाई भाडा तिर्ने गरेको बताउँछन् । फुटपाथ अतिक्रमण हुँदा पैदल यात्रुले समस्या झेल्ने गरेको चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफ्लेले स्वीकार्दै अबको केही दिनमा यो समस्याको दिगो समाधान खोज्न सबै सरोकारवालासँग छलफल गरेर अघि बढ्ने बताए । उनले भने ‘अब्यबस्थित रुपमा पार्किङ गर्ने, फुटपाथमै सामान राखेर बेच्ने, फुटपाथमै निर्माण सामाग्री राख्ने काम केही समयभित्रै अन्त्य हुन्छ ।’
सडक ऐनले तोकेको मापदण्ड अनुसार पनि फुटपाथ अतिक्रमण नियन्त्रण गर्न सम्बद्ध सरोकारवाला निकाय मौन देखिँदा चन्द्रपुर नगरपालिका क्षेत्र कुरुप देखिन थालेको छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!