राैतहटकाे गाैरमा जनता समाजवादी पार्टीकाे हाेली मिलन कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

स्मिथ रजक

राैतहट २० फागुन
राैतहटकाे गाैरमा जनता समाजवादी पार्टीकाे हाेली मिलन कार्यक्रम सम्पन्न भएकाे छ । शनिबार रौतहटको सदरमुकाम गौरमा अवस्थित जनता समाजवादी पार्टी नेपालको पार्टी कार्यालयमा शनिबार साे पार्टीकाे आयोजनामा होली मिलन समारोह कार्यक्रम भब्य रुपमा सम्पन्न गरेकाे हाे ।

हाेली भाइचाराकाे पर्व रहेकाले यस पर्वले अाम नागरिकहरुकाे सम्बन्ध अझ प्रगाढ र गाढा बनाउने विश्वास प्रमुख अतिथि रौतहट क्षेत्र नं २ (ख) का पुर्व प्रदेश सांसद माननीय रामकिशोर यादव उर्फ किशोरी यादवले दावी गर्नु भयाे ।

रंगहरुकाे हाेली पर्वले हाम्राे सम्बन्धहरु पनि रंगीचंगी बनाउने उहाकाे भनाई रहेकाे छ । हाेली पर्व भाइचाराकाे पर्व बताउनु हुँदै मानिसकाे ईच्छा विपरित हाेली लगाउनु नहुने विशिष्ट अतिथि मधेश प्रदेश सरकारको समाजिक विकास राज्य मन्त्री माननीय शेख अबुल कलाम आजाद उर्फ फुलबाबुकाे भनाई रहेकाे थियाे ।

हाेली हर्ष उल्लासका साथ मनाउनु पर्ने एक अापसमा झैझगडा , हाेहल्ला हाेइन सदभावका साथ मनाउन अाम नागरिकहरुलाई पुर्व कृषि राज्य मन्त्री माननीय योगेन्द्र राय यादवले अाग्रह गर्नु भएका छ ।

श्याम बिहारी यादवकाे अध्यक्षता सम्पन्न साे कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं २ (ख) को पुर्व प्रदेश सांसद माननीय रामकिशोर यादव उर्फ किशोरी यादव विशिष्ट अतिथि मधेश प्रदेश सरकारको समाजिक विकास राज्य मन्त्री माननीय शेख अबुल कलाम आजाद उर्फ फुलबाबु, पुर्व कृषि राज्य मन्त्री माननीय योगेन्द्र राय यादव नवनिर्वाचित प्रदेश सभा सदस्य माननीय शोभा देवी साह प्रादेशिक अस्पताल गौरका व्यवस्थापन समितिको अध्यक्ष तथा जसपा मधेस प्रदेश सदस्य मोहम्मद अनवर हाशमी, संचारकर्मी लगायत जनता समाजवादी पार्टी नेपालको नेता तथा कार्यकर्ता हरू को उल्लेखनिय सहभागीता रहेकाे थियाे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!