रौतहटको वृन्दावन नगरपालिका मेयर विनोद कुर्मीले पत्रकारसंग मनाए होली

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

२०७९फाल्गुण २२ गते

रौतहट । अधिकांश जनप्रतिनिधिहरु कर्मचारी, उद्योगी, व्यापारी, राजनैतिककर्मी लगाएतसंग होली पर्व मनाउने गरेकोमा रौतहटको वृन्दावन नगरपालिकाका जनप्रतिनिधिहरु पत्रकाहरुसंग होली पर्व मनाएका छन् ।

वृन्दावन नगरपालिकाका मेयर विनोद प्रसाद कुर्मी र उपमेयर संगिता देवी रामले दुबै जना सोमवार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी पत्रकारहरुसंग रंग अबिर दलेर शान्तिपूर्ण तरिकाले निकै उत्साहका साथ होली मनाएका हुन ।

मेयर कुर्मीले हर्षाहामा होली मिलन कार्यक्रमको आयोजना गरी विभिन्न सञ्चार क्षेत्रका पत्रकारहरुसंग होलीको शुभकामना आदान प्रदान गर्दै होली पर्व मनाएका हुन ।

पहाडमा सोमवार र मधेशमा मंगलवार मनाइने रंगको पर्व होलीमा सकारात्मक सन्देश जाने उदेश्यले पत्रकार, प्रहरी र जनप्रतिनिधि सम्मिलित टोलीले सामान्य रंग, अबिर एकापसमा दलेर होली मिलन कार्यक्रम मनाएको हो ।

सो अवसरमा नगर प्रमुख कुर्मीले शान्त र मर्यादित भएर होली पर्व मनाउन आग्रह गर्दै जबरजस्ती कसैलाई लोला हाल्ने वा रंग अबिर दल्ने काम नगर्न आग्रह गरेका थिए ।

नगर प्रमुख कुर्मीले होली खेल्दा सामाजिक सद्धभाव कायम राख्न सबैलाई अनुरोध गरेका थिए । वृन्दावन नगर प्रमुख कुर्मीले टिका र गम्छा ओढाएर दर्जनौ सञ्चारकर्मीहरुलाई सम्मान समेत गरेका थिए ।

जिल्लाका अन्य जनप्रतिनिधिहरुले पनि सोमवार पत्रकाहरुसंग होली मनाएका छन् ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!