छोराको हत्यारा फेला पारेन प्रहरी जाहेरी दर्ता गर्न मानेन अब हामी आफ्नै ज्यान त्याग्ने – पीडित आमाबाबु

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

रौतहट, २०७९फागुन३० गते

रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ मुडलवा निवासी कृष्ण यादवको २४ बर्षीय छोरा अभिमनु कुमार यादवको हत्या भएको ७ महिना बितिसक्दा पनि प्रहरी प्रशासन कुनै चासो नदेखाएपछि मृतकको आमाबुबा केही दिनभित्रै जिल्ला प्रहरी कार्यालय गौर, रौतहट आगाडी आमरण अनशन बसी न्याय नपाएसम्म धरनामा बस्ने त्यस क्रममा ज्यान पनि गुमाउनु पर्छ भने त्याग्न तयार रहेको पीडितले खुल्याम प्रहरीलाई चुनौती दिएका छन् ।

छोराको हत्यारा पत्ता लगाउन न्यायको लागि दिनहुँ लगभग ६ महिनौ देखि जिल्ला प्रहरी कार्यालय गौर, रौतहटमा धाउदै धाउदै थाकेको आन्दाजी ६० बर्षीय बुबा कृष्ण यादवले आज रिपोर्टर्स क्लब नेपाल साक्षात्कार कक्ष गौरमा पत्रकार सम्मेलन गरि आफ्नो दुख पोखेका छन् ।

मृतक छोरालाई गाउँकै एकजना केटीसँग प्रेम भएको थियो । त्यो केटीले मोबाइलमा फोन गरि सुनसरी जिल्लाको इटहरीमा एक कन्ट्रक्सनमा कार्यरत रहेको क्रममा हामीलाई जानकारी समेत नभएको खण्डमा बोलाएको थियो त्यहीँ दिन असोज १४ गते दशैको पञ्चमी दिन बेलुकी षड्यन्त्र पूर्वक ढंगले सीमावर्ती क्षेत्रमा ललाई फकाइ लगेर नेपालमा हत्या गरि घटनालाई लुकाउने प्रमाणहरू केही नभेट्ने उदेश्यले भारत बिहारको सीतामढी जिल्लाका बैरगनिया सहप्रखण्डको मसहा गाउँ नजिक रहेको रेल्वे पटरीमा शव राखेको यादवले बताए ।

गाउँले केटीसँग मेरो छोरा अन्दाजी ४ बर्षदेखि प्रेम गरिरहेको थियो त्यस बिषयमा केटीको बुवा र उसको आफन्तले पटक-पटक मृतक छोरा र मलाई ज्यान मार्ने धम्की खुल्याम गाउँका प्रमुख व्यक्ति अहिलेको वर्तमान राजदेवी नपाका मेयर भिखारी प्रसाद यादव, वडाअध्यक्ष लगायत अन्य जनसमुदाय अगाडि पञ्चायमै दिने गरेको सबैलाई थाहा भएको बिषय उहाँले बताए ।

राम्रो शिक्षा हासिल गरेको छोरा अभिमनुलाई गाउँ वा जिल्लामा बसेपछि बेला-बेला केटीको बिषयमा बादबिवाद हुन्छ भने डरले सुनसरी स्थित इटहरीमा एउटा निर्माण कम्पनी कन्ट्रक्शनमा अमिनी पदमा जागिर लगाएको थिए तर केटीले परिवारीक षड्यन्त्रको अधिनमा परि उसको बुवाआमाले भने कुरामा लागेर समाजिक संजाल मैसेन्जर, ह्वाटसप र नम्बरमा जबर्जस्ती फोन गरेर छठमा घर आउने छोरालाई हामी कसैलाई कुनै जानकारी नदिई धेरै दिन अगाडि अर्थात दशैको पञ्चमी दिनमा बोलाएर निर्मम तरिकाले नेपालमा हत्या गरि नजिक रहेको भारतको रेल्वे पटरीमा राखेको पीडितको बुवाले आरोप लगाएका हुन ।

यादवको परिवारमा ४ सन्तान रहेको थियो त्यसमा दुई छोरा र दुई छोरी थिए । जसमध्ये अभिमनु भाईबहिनीमा सबभन्दा कान्छो रहेको थियो । बुवा यादवका अनुसार छोराको हत्या भएको ६ महिना बित्दा सातौं महिना सुरु हुन लागे तर न्यायको कुनै आशा देखिएको छैन । जिल्ला प्रहरी कार्यालय गौर रौतहटबाट गाउँ ५ किलोमिटर रहेको छ । ६ महिनादेखि घरपरिवारमा कुनै किसिमको चाडपर्व दशै, तिहार, छठ र होलीमा खुशी आउन सकेको छैनन् । आज केही हुन्छ, कि भोलि केही नयाँ कुरा सुन्न पाउछौ, कि मनमा जागिएका आशाको साथ ५ किलोमिटरको यात्रा सधै बृद्धअबश्था गरेर प्रहरी कार्यालय धाइरहेको तर बेलुका यहाँबाट केही भएनन् हामी लागिपरेका छौँ सुन्ने बाहेक अरू सुन्न नसकिए फेरि निराश हुदै रित्तै हात भर फर्केर जान्छु उनले दुख पोखे ।

प्रहरी कार्यालय गौरमा किटानी जाहेरी दिएपनि त्यसमा उल्लेखित व्यक्ति दोषी हो कि होइन भने ल्याएर अनुसन्धान गर्न भन्दाभन्दै पनि न जाहेरी दर्ता गर्न प्रहरी मान्छन्, न हामीले भनेको अनुसार शंकास्पद व्यक्ति माथि छानबिन गर्न तयार हुन्छ, अब छोराको हत्यारा पक्राउ गर्न असफल रहेको प्रहरी अगाडि हामी दुबै बुढाबुढी केही दिनभित्रमा आमरण अनशन बसेर भोकभोकै आफ्नो पनि ज्यान त्याग्न उनलेे बताए ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!