रौतहटको राजपुर नगरपालिकामा एकै दिन पाँच वटा योजनाको शिलान्यास

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट ,चैत ०८ गते

रौतहटको दक्षिणी भेगमा रहेको राजपुर नगरपालिकामा बिहिवार एकैपटक पाँच वटा योजनाको आज शिलान्यास गरिएको छ । सो नगरपालिका अन्तर्गत दमार चौक देखि भिलाको सेलर मिलसम्मको सडक कालोपत्रे लगायत अन्य तीन वटा सडक कालोपत्रे ,पानीट्न्की हाट बजार व्यवस्थापन , राजपुर नगरपालिका वडा नम्बर १ भगवानपुरको पोखरी सौन्दर्यीकरणको शिलान्यास गरिएको हो ती सबै योजनाको प्रमुख अतिथि शहरी विकास मन्त्रालय सुरेश आचार्यले शिलान्यास गरेका हुन् ।

आचार्यले शिलान्यास गरेसँगै पाँचवटै योजनाको निर्माण शुरु भएको छ । सडक कालोपत्र र पोखरि सौन्दर्यीकरण १८ महिनामा निर्माण सम्पन्न हुने भएका छन् । करिब १८ करोडको लागतमा पाँच वटै योजनाको निर्माण कार्य सम्पन्न हुने नि.प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले बताउनु भयो ।

बिहीबार नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजना पर्साको आयोजना र राजपुर नगरपालिकाको सहयोगमा शिलान्यास कार्यक्रमको भएको थियो ।

राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा ज्ञातअज्ञात शहिदहरूको समझनामा एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रमको अध्यक्षता राजपुर नगरपालिकाका नगर प्रमुख डा.राजिक आलमले गर्नु भएको थियो । भने कार्यक्रम सञ्चालन शिक्षक विजयकान्त मिश्रले गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य नि.प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले राख्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथी आचार्यले नगरवासीको उपस्थिति देखेर आफू हर्षित भएको बताउनु भयो । साथै नगर प्रमुखको आग्रहमा विवाह मण्डप भवन र चिल्ड्रेन पार्कको लागि प्रक्रिया अगाडी बढाएको जानकारी गराउनु भयो ।

कार्यक्रममा सम्बोधन गर्दै विशिष्ट अतिथि सांसद किरण साहले आफनो क्षेत्रको विकासको लागि संकल्पका साथ अगाडि बढिरहेको बताउनु भयो । योजनाको ठेकेदारलाई गुणस्तरीय काम गर्न आग्रह गर्नु भयो । योजनालाई निर्धारित समय सिमा भित्र सम्पन्न गर्न अुनरोध गर्नु भयो ।
कार्यक्रमलाइ समापन गर्नु हुदै नगरप्रमुख डा. राजिक आलमले आफ निर्वाचित भएदेखि हालसम्म पहल गरी करिब ७० करोड भन्दा बढीको विकास निर्माणको काम भइरहेको नगरवासीहरु लाइ अवगत गराएका हुन् । साथै यस्तै गतिमा विकास हुँदै गयो भने रापजुर नगरपालिकालाइ देशमै नमूना पालिकाको रुपमा स्थापित हुने ठोकुवा गर्नू भयो । नपाको सर्वाङ्गिन विकासका लागि सबैको सहयोगको आवश्यकता रहेकोमा वहाँले जोड दिनु भयो । साथै कार्यक्रमलाइ सफल पार्न सहयोग गर्नुहुने सबै नगरवासीलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

सो शिलान्यास कार्यक्रममा रौतहट निर्वाचन क्षेत्र नम्बर २ का सांसद किरण साह,उपमेयर जमिला असगरी,प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र,रौतहट प्रहरी प्रमुख बिर बहादुर बुढा मगर,सांसद प्रत्यासी डा.फिरदोस आलम,नेपाल पत्रकार महासंघ रौतहट शाखा सभापति प्रेमचन्द्र झा,विभागका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ,विभिन्न वडाका वडा अध्यक्षहरू,वडा सदस्यहरू,कार्यपालिका सदस्य, कर्मचारीहरू,राजनीतिक दलका प्रतिनिधिहरू,स्थानीय भद्रभलादमीहरूको भव्य उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!