वृन्दवान-८ मा काँग्रेसबाट निर्वाचित भएका पुर्व वडा अध्यक्ष दिनानाथ महतो नेकपा एसमा प्रवेश

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट,१३ चैत ।

वृन्दावन/ रौतहटको वृन्दावन नगरपालिकामा नेपाल काँग्रेसलाई ठुलो झटका लागेको छ।वृन्दावन नगरपालिका वडा नम्बर-८ का पुर्व वडा अध्यक्ष दिनानाथ महतो,आज नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्र र प्रदेशको निर्देशन अनुसार नेकपा एस वृन्दावन नगर कमिटीले सोमबार आयोजना गरेको संगठन सुदृढीकरण अभियान तथा वडा कमिटी गठनको क्रममा पुर्व वडा अध्यक्ष महतो काँग्रेस परित्याग गरि नेकपा एसमा प्रवेश गरेका हुन्।

प्रवेश गर्ने क्रममा पुर्व वडा अध्यक्ष महतोले आफू राजनीति सुरु गर्ने क्रममा कम्युनिस्ट पार्टीको संगठित सदस्य भइ कम्युनिस्ट बाटै आफ्नो राजनीतिक यात्रा सुरु गरेको र पछि नेपाली काँग्रेसमा प्रवेश गरेर लामो समय देखि काम गर्दै आइरहेकोले २०७४ सालको चुनावमा धेरै कसक पछि नेपाली काँग्रेसको टिकट लिई वडा अध्यक्षमा समेत निर्वाचित भइ पाँच वर्ष समाज सेवा गरे।

तर मेरो कार्यकालमा बाँकी रहेको केही आधा अधुरा कार्यहरु पुनः निर्वाचित भएर पूरा गर्न २०७९ को चुनावमा लड्न खोजेपछि।काँग्रेसले मेरो जनमतको कदर न गरि आफुलाई टिकट न दिएकोले र काँग्रेसका नेता तथा कार्यकर्ताहरु आफन्तवाद र जातिवादमा लिप्त भएको कारण आफू पुनः कम्युनिस्टकै विचार धारामा लाग्न नेकपा एसमा प्रवेश गरेको महतोले बताए ।

पार्टी प्रवेशपछि कार्यक्रमका प्रमुख अथिति तथा नेकपा एसका पोलिटव्युरो सदस्य रोजुदिन आलमको साथै नेकपा एसका मधेस प्रदेश कमिटी सदस्य तथा वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले महतोलाई फुलमाला,अबिर लगाइ तथा दोसल्ला ओढाइ पार्टीमा स्वागत गरेका छन्।

उक्त कार्यक्रममा नगर उपप्रमुख संगिता कुमारी राम,नेकपा एसका जिल्ला कमिटी सदस्य तथा प्रदेश सभा(ख)का बिधायक प्रत्यासी शेख सतार अहमद,पुर्व बिधायक हसिमा खातुन,जिल्ला कमिटी सदस्य,अरुण राम,जिल्ला कमिटी सदस्य तथा मुस्लिम ईतेहाद संगठन नेपाल मधेस प्रदेशका उपाध्यक्ष सलामोदिन दर्जी,जिल्ला कमिटी सदस्य तथा नेकपा एस वृन्दावनका नगर संयोजक सुरेन्द्र पटेल,जिल्ला कमिटी सदस्य जगरनाथ सहनी, रवि बैठा,वडा नं.-७ का वडा अध्यक्ष जगरनाथ प्रसाद भेडियर र वडा नं.-८ का वडा अध्यक्ष रविन्द्र प्रसाद साह साह लगायत पार्टीका सयौं नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य,वृन्दावनका कार्यपालिका सदस्य तथा रौतहट जिल्लाका दलित कार्यपालिका सदस्यहरुको संजालका अध्यक्ष राजेश पासवान(निर्माणी)ले राख्नु भएको थियोे।भने कार्यक्रम संचालन बैधनाथ सहनीले गरेका थिए।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!