जनमत पार्टीका जिल्ला इन्चार्ज पदभार ग्रहण कार्यक्रममा पार्टीकै कार्यकर्ता द्धारा बहिष्कार

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

रौतहट २०७९,चैत १४ गते
जनमत पार्टीको जिल्ला इन्चार्ज पदभार ग्रहण कार्यक्रममा पार्टीकै कार्यकर्ता द्धारा बहिष्कार गरिएको खबर छ । जनमत पार्टी द्वारा नवनियुक्त जिल्ला इन्चार्ज बृजकिशोर यादवको पदभार ग्रहण कार्यक्रममा जनमत पार्टीको कार्याकर्ताहरुले बिरोध गरेका छन् ।
आज जिल्ला पार्टी कार्यालय गौरको इन्चार्ज यादवको स्वागत तथा पदभार ग्रहण कार्यक्रम राखिएको थियो ।

सो कार्यक्रमलाइ रौतहट क्षेत्र नम्बर २ क का बिधायक प्रत्याशी मोहम्द आलम उर्फ बाबू साहेब , रौतहट क्षेत्र ४ का पर्यवेक्षक रामबिश्वास पासवान ,इशनाथ नगरपालिकाका मेयर प्रत्यासी रामउदय साह ,पुनम देवि झा, पूर्व जिल्ला सदस्य रामेश्वर यादव, गढिमाई नगरपालिका ३ का वडा अध्यक्ष प्रत्याशी फजले हक अंन्सारी लगायत जनमत पार्टीको कार्याकर्ताद्वारा सो कार्यक्रम बहिष्कार गरिको छ ।

बिधायक प्रत्यासी बाबू साहेबले जनमत पार्टीका केन्द्रिय नेताले जिल्ला कार्यसमितिलाइ अफनो गोजीमा राख्न खोजेको अरोप लगाएका छन् । एक भिडियोमा उनीहरुले खुलेरै मधेश प्रदेश सरकारका कृषि मंन्त्री बसन्त कुशवाहाको स्वकीय सचीव बिरेन्द्र साहले कार्यशैली प्रति विरोध गरेका हुन् ।

उनी जातिय विभेद गर्न खोजेको आरोप लगाएका छन् । विभिन्न आग्रहपूर्वाग्रह राखि मञ्चमा आसन ग्रहण नगराएको उनीहरुले आरोप लगाएका छन् । आजको घटनाक्रम पछि जनमत पार्टीलाइ रौतहटमा ठूलो झटका लाग्ने संकेत देखिएको बिधायक प्रत्यासी बाबू साहेबको भनाइ छ ।

स्मरणियहोस् जनमत पार्टीले मधेशका ६ जिल्लाको इन्चार्ज तोकेको थियो । गत शुक्रबार अध्यक्ष सीके राउतले पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाको इन्चार्ज तोकेका हुन् ।

ती जिल्लामा पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज को जिम्मेवारी तोकिएको बताइएको थियो । त्यसै क्रममा रौतहट इन्चार्जको जिम्मेवारी बृजकिशोर यादवलाइ दिइएको थियो ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!