यमुनामाई गाउँपालिकामा जनता आवास कार्यक्रम अन्तर्गत १५ घरको निर्माण कार्य अलपत्र

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट २०७९चैत १४ गते
यमुनामाई गाउपालिका वाड नम्बर ३ राजपुर तुलसी टोलमा करिब १५ घरधुरी दलित समुदायका घर भत्काएर पक्की घर बनाउन लागेको २ वर्ष बितिसक्दा पनि घर निर्माण कार्य अलपत्रै छ ।
पक्की घर बनाउने भनेर झुपडी भत्काएर बस्तीका १५ ओटा घरको जग उठाएर अलपत्र छोडिएको छ । घर निर्माण नहुँदा अहिले १५ परिवारका महिला, बालबालिकासहित ज्येष्ठ नागरिक खुला आकाशमुनि बस्न बाध्य छन् ।

वर्षौ बितिसक्दा पनि घर नबनेपछि जग उठाएको ठाउँमा झुपडी बनाएर गुजारा चलाउँदै आएको पिडितहरुले बताएका छन् । पानी परेको र हावाहुरी आएको बेला बिचल्ली हुने गरेको उनीहरुले दुःखेसो पोखिका छन् ।
पिन्टु मुखिया भन्ने मिथलेशले कमिसन लिएर दलित समुदायलाई अलपत्र अवस्थामा राखेको पीडित झुठा मुखियाको आरोप छ । मुखिया सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन् ।

यमुनामाई गाउपालिकाका अध्यक्ष मोहम्द साउदसँग बुझदा यो आ.व. २०७७।७८ को योजना हो । केही व्यक्तीहरुले कमिशन लिएर पनि अलपत्रै छोडेको आरोप लगाए । यसरी नयाँ घर बनाइदिने बहानामा भएको घरलाई समेत भत्काएर दलित विपन्नलाई उठिबास लगाउनु गलत रहेको प्रतिक्रिया दिए । अब वहाँहरुको समस्याको सामाधान कुन प्रक्रिया बाट हुन्छ,त्यता तर्फ लाग्ने बताए ।
यस्तो समस्या जिल्लाको अधिकांश पालिकामा रहेको छ । तर सम्बन्धित निकायको यस तर्फ ध्यान पुग्न सकेको छैन् । उनीहरुले आफनो दुःखेसो सम्बन्धीत निकाय समक्ष पुर्याइ दिन सञ्चारकर्मी समक्ष आग्रह गरे ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!