रौतहट २०७९चैत १६ गते
रौतहटमा सार्वजनिक सुनवाइ तथा माछापालक किसानहरूलाई आज सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको गरूडा नगरपालिका वडा नम्बर ३ मलाही टोलमा सो कार्यक्रम गरिएको थियो । मिलनसार कृषि सहकारी संस्था लि.गरूडा न.पा.को आयोजना तथा ग्रामिण उधम तथा विप्रेषण(समृद्धि) को सहयोगमा कार्यक्रम भएको हो ।
मिलनसार कृषि सहकारी संस्थाका अध्यक्ष रामईशवर सहनीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा गरूडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवाल रह्नु भएको थियो । कार्यक्रम सञ्चालन समृद्धि आयोजनाका कर्मचारी रामभरोसे चौधरीले गर्नु भएको थियो । सो कार्यक्रममा महावीरी र सरस्वती माछा पालन समूहमा आबद्ध किसानहरुलाइ डिजिटल तराजु,मोटर,ठूलो जाल,सानो जाल वितरण गरिएको हो ।
महावीरी माछापालन समूहमा आबद्ध किसानहरुलाइ तराजु १० वटा,ठूलो जाल १२ वटा,सानाे जाल १ वटा,मोटर ८ वटा वितरण गरिएको हो । त्यस्तै सरस्वती माछा पालन समूहमा आबद्ध किसानहरुलाइ तराजु ८ वटा,ठूलो जाल १० वटा,सानो जाल ५ वटा,मोटर ११ वटा वितरण गरिएको हो ।
नगर प्रमुख जयसवालले तीसबै किसानहरुलाइ सामाग्रीहरु वितरण गर्नु भएको थियो । समृद्धि आयोजनाको ३० प्रतिशत र संस्थाको ७० प्रतिशत लगानीमा पहिलो किस्ताको रकम बाट साे सामाग्री वितरण गरिएको मिलनसार कृषि सहकारी संस्थाका अध्यक्ष रामईश्वर सहनीले जानकारी दिनु भयो । सो अवसरमा वडा अध्यक्ष अध्यक्ष अम्बिका सहनी,वडा सदस्यहरू, भद्रभलादमीहरुको सहभागिता रहेको थियो ।