आरम्भ परियोजना अन्र्तगत ३ दिने कार्यशाला मंगलवार देखि गौरमा सुरु

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट २०८० बैशाख ५ गते

रौतहट । रौतहट जिल्लामा संचालनमा रहेको आरम्भ परियोजना अन्र्तगत ३ दिने कार्यशाला मंगलवार देखि गौरमा सुरु भएको छ ।
गैरमा रहेको सिया पैलैसको सभा हलमा सकारात्मक सामाजिक मान्यताहरू विकास र प्रवद्र्धन गर्न धार्मिक,सामाजिक आगुवाहरू र परिवर्तन सम्बाहकहरूसँग ३ दिनको कार्यशाला आज देखि सुरु भइ बिहिवार सम्म चल्नेछ ।

कार्यक्रममा आरम्भ परियोजनाको बारेमा जानकारी गराइएको थियो साथै आरम्भ परियोजनाले नगरपालिका स्तर संचालन गरेको क्रियाकलाकहरुको बारेमा जानकारी गराइएको थियो ।
शिक्षा,स्वास्थ्य,जिविकोपार्जन,बालविवाह लगायतको क्षेत्रमा काम गर्दै आएका गैर सरकारी संस्था आसमान नेपालले आरम्भ परियोजना अन्तरगत शिक्षाबाट बञ्चित रहेका १० देखि १९ बर्षको विवाहित तथा अविवाहित किशोरीहरुलाइ शिक्षामा पहुँच पु¥याउने तथा शिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउदै आएको परियोजनाका शिक्षा अधिकृत अरविन्द कुमार साहले बताउनु भयो ।

पहिलो बर्षमा आरम्भ परियोजना रौतहटको दुर्गा भगवती र यमुनामाइ गाउँपालिकामा कार्यक्रम संचालन गरेको थियो । दोस्रो बर्षमा कटहरिया र मौलापुर नगरपालिकामा संचालन भएको कार्यक्रम तेस्रो बर्षमा राजपुर र माधवनारायण नगरपालिकामा संचालन भएको थियो । भने चौथौ बर्षमा गरुडा,गढीमाइ,परोहा र बौद्धीमाइ नगरपालिकामा संचालनमा रहेको छ ।

एफसिडिओको आर्थिक सहयोग पिपुल इन निड,समाजिका संस्था जिल्ला समन्वय समिती, आसमान नेपाल तथा सम्बन्धित पालिकाको सहकार्यमा रौतहटमा संचालन रहेको आरमभ परियोजना ४ प्रतिफलमा कार्यक्रम गर्दै आएको परियोजना संरक्षण अधिकृत सपना सेन्चुरीले बताउनु भयो ।

प्रतिफल १ विद्यालय छोडेका किशोरीहरुको साक्षरता र गणित कक्षाको सुधारात्मक हाजिरी।
प्रतिफल २ विद्यालय छोडेका किशोरीहरुको संज्ञात्मक तथा असंज्ञात्मक सीपहरु विकास गर्ने एवमं भविष्यका लागि योजना बनाउने।प्रतिफल ३ विद्यार्थीका लागि विद्यालयमा सिक्नका लागि अनुकूल वातावरण सिर्जना गर्ने र विवाहित, विद्यालय छोडेका किशोरीहरुका लागि भावी योजना बनाउनका लागि सहयोग गर्ने।

प्रतिफल ४ उमेर पुगी मात्रै विवाह गर्न, समुदाय र सम्बन्धित निकायलाई सकरात्मक समाजिक मान्यताका लागि प्रोत्साहन गर्ने र विवाहित, विद्यालय छोडेका किशोरीहरुको भावी योजनाका निम्ति बोध गराउने।
कार्यक्रमको प्रस्तुतिको क्रममा १४१८ किशोरी माध्ये १०७१ जना किशोरीहरु बिधालय भर्ना गर्ने लक्ष्य लिएको साथै बिधालय भर्ना हुन नसकेको किशोरीहरुलाई बिभिन्न किसिमको व्यवसायिक तालिम दिने शिक्षा अधिकृत साहले बताउनु भएको थियो

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!